यादवबाट मधेशलाई जोगाउनुपर्छः पूर्वमन्त्री सोनल
प्रदेश २ सरकार भ्रष्टाचारमा लिप्त भईसकेको र त्यसलाई अख्तियारको प्रारम्भिक अनुसंधानले पुष्टि गरिसकेको समेत बताए ।

२०७८ मंसिर १२ आइतबार, बेलुकी ७:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । लोकतान्त्रीक समाजवादी पार्टी नेपाल (लोसपा) कार्यकारिणी सदस्य तथा प्रदेश २ का पुर्वमन्त्री जितेन्द्र सोनलले उपेन्द्र यादवबाट मधेशलाई जोगाउनुपर्ने जीकिर गरेका छन् ।
उपेन्द्र यादवको राजनीतिक ‘डिस्नेरी’मा मधेशवाद नभएको बताउँदै उनले यादवबाट मधेशलाई बचाउनुपर्ने धारणा राखे ।
सोनलले मधेश र मधेशिको नाममा राजनिति गरिआएका जसपा उध्यक्ष यादवले मधेशि जनतालाई सधै ठगेको आरोप लगाए ।
मधेशको भोट लिएर काठमाडौंमा सौदावबजी गर्ने यादवको द्वैध चरित्रकै कारण उनका हरेक सहकर्मिहरुले सांथ छोड्दै गएको सोनलले बताए ।
यादव मधेशमा एक ‘पुतना’ को रुपमा रहेको र पुतनाले मधेशको अधिकार दिलाउन नसक्ने भन्दै सोनलले त्यसबाट बच्न उपेन्द्र प्रवृतिको बिरोध गर्नु आवस्यक रहेको बताए ।
रौटहटको कटहरीयामा लोसपाको नगर कार्यालय उदघाटन गर्दै सोनलले मधेशी जनताको हकअधिकारको लडाई लड्ने पार्टी लोसपा नै रहेको भन्दै आगामी निर्वाचनमा आफुहरुले बहुमत ल्याउने जनाए ।
‘मधेशको नाममा राजनिति गरी अधिकारको मुद्दा सत्तासंग साट्नेहरुलाई जनताले बुझिसकेका छन्’, सोनलले भने– ‘अबको चुनावमा मधेशको पहिलो पार्टी लोसपा नै हो र यसैले अधिकारको लडाई लड्छ ।’
कार्यालय उदघाटन पश्चात आयोजित सभालाई सम्बोधन गर्दै प्रदेश २ संसदिय दलमा प्रमुख प्रतिपक्षि दलको नेता समेत रहेका सोनलले प्रदेश २ सरकार भ्रष्टाचारमा लिप्त भईसकेको र त्यसलाई अख्तियारको प्रारम्भिक अनुसंधानले पुष्टि गरिसकेको समेत बताए ।
प्रदेश सरकार जनभावना र जनमत विपरित चलिरहेको भन्दै भन्दै सोनलले भ्रष्टाचारको पृष्टपोषक भएर काम गरिरहेका मुख्यमन्त्री लालबाबु राउत गद्दीले तत्कालै राजिनामा दिएर प्रदेश २ का जनताको ईज्जत राख्न माग समेत गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…