१ बर्षिय बालकलाई पत्थर प्रहार, टाउकोमा ८ वटा टाँका
तत्कालै ईलाका प्रहरी कार्यालय मिर्चैया गएका विजयलाई प्रहरीले तत्काल उपचारको लागि अस्पताल पठाएका थिए । बच्चालाई अस्पताल लगेर तत्काल उपचार गराउन भन्दै प्रहरी जाने भनेर आश्वासन दिएपनि पाँचदिन बितिसक्दा प्रहरी भने गएका छैनन् ।

२०७८ मंसिर ९ बिहीबार, बेलुकी ७:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित एक बालकलाई पत्थर प्रहार गर्दा गम्भिर घाईते बने ।
सिरहा जिल्लाको कर्जन्हा नगरपालिका वडा नम्बर १० प्रयागपुर बस्ने स्थानीय विजय साहका १ बर्षिय छोरा सुमित साहमाथि स्थानीय रामेश्वर साहले ढुँगा प्रहार गरी गम्भिर घाईते बनाएको आरोप छ ।
पूर्वपश्चिम राजमार्गदेखि उत्तर प्रयागपुरस्थित गत आईतबार आफ्नै दरबाजामा खेलिरहेको अवस्थामा रामेश्वर साहले उनको आमालाई कुटपिट गर्दै बालकमाथि पनि ढुँगा प्रहार गरेको पीडित परिवारले आरोप लगाएको छ ।
गत आईतबार रामेश्वरको छोराछोरी र विजयको छोराछोरी गरी बच्चा–बच्चामा झगडा हुँदा रामेश्वर साहले विजय साहकी श्रीमतिलाई घिसार्दै उनको एक बर्षिय छोरामाथि ढुँगा प्रहार गरी गम्भिर घाईते बनाएको आरोप छ ।
बालक सुमितको टाउकोमा गम्भिर चोट लागेको छ । उनको टाउकोमा ८ वटा टाँका लगाइएको उनका बुवा विजय साहले जानकारी दिए । सुमित सहित उनको आमालाई पनि चोटपटक लागेको बताइएको छ ।
तत्कालै ईलाका प्रहरी कार्यालय मिर्चैया गएका विजयलाई प्रहरीले तत्काल उपचारको लागि अस्पताल पठाएका थिए । बच्चालाई अस्पताल लगेर तत्काल उपचार गराउन भन्दै प्रहरी जाने भनेर आश्वासन दिएपनि पाँचदिन बितिसक्दा प्रहरी भने गएका छैनन् ।
पीडित विजयले मिर्चैया प्रहरीलाई निवेदन दिएपनि प्रहरी नआएको गुनासो गरेका छन् । यता, मिर्चैया प्रहरीले घटनाबारे अनभिज्ञता जनाउँदै घटनाबारे बुझन प्रहरी पठाउने बताएका छन् ।
पीडितको परिवार पहिलेदेखि नै पीडामा छन् । गरिबीले मारिएका विजयको परिवारले बच्चाको उपचार गराउन पनि ऋण लिनुपरेको बताएका छन् । ऋण बोकेर बच्चालाई सिरहा अस्पतालमा उपचार गराएको बताएका छन् ।
बसको भाडा नहुँदा छिमेकीसँग बसभाडा मागेर बच्चाको उपचार गराएको दुःखेसो विजयले पोखे । केही महिनाअघि नेपाली काँग्रेसका युवा नेता अरबिन्द मण्डलको नेतृत्वमा ती परिवारलाई खाद्यान्न सहयोग गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…