जनकपुरका ११ वटा शिक्षक पक्राउ
प्रहरीले शिक्षकहरुलाई गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय लगेको थियो । त्यसपछि अन्य शिक्षकहरु र विद्यार्थीहरु जिल्ला प्रहरी कार्यालय अगाडी गएर प्रदर्शन गरेका छन् ।

२०७८ मंसिर ९ बिहीबार, बेलुकी ६:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामबाट ११ जना शिक्षक पक्राउ परेका छन् ।
जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयका आन्दोलितमध्ये ११ जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । अहिले उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
करारमा नियुक्त गर्नुपर्ने माग राख्दै विश्वविद्यालयका शिक्षकहरु करिब ४ महिनादेखि आन्दोलनरत छन् । उनीहरु विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए । तर प्रहरीले ताला खोल्न लाग्दा अबरोध गरेपछि शिक्षकहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले शिक्षकहरुलाई गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय लगेको थियो । त्यसपछि अन्य शिक्षकहरु र विद्यार्थीहरु जिल्ला प्रहरी कार्यालय अगाडी गएर प्रदर्शन गरेका छन् ।
उनीहरुले पक्राउ गरिएको शिक्षकहरुलाई अबिलम्ब रिहा गर्न माग गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…