'विवाहपँचमी भन्दा अघि रेल सँचालन गर' भन्दै आन्दोलन सुरु
उनीहरुले विवाह महोत्सवअघि रेल सञ्चालन नभए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

२०७८ मंसिर ८ बुधबार, बेलुकी ६:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा रमझम हुन विवाहपँचमी (रामजानकी विवाह महोत्सव) महोत्सवभन्दा अघि नै रेल सँचालनको लागि नागरिकहरु आन्दोलित भएका छन् ।
भौतिक संरचनाको निर्माण पूरा भएपनि अझै रेल सञ्चालन नगरेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) धनुषाले प्रदर्शन गरेको छ ।
लोसपा धनुषाले मंसिर २२ गते आयोजना हुने रामजानकी विवाह महोत्सवदेखि रेल सञ्चालन गर्न माग राख्दै प्रदर्शन गरेको हो ।
लोसपा धनुषा सम्बद्ध नेता,युवा अगुवाहरु, महिला तथा विद्यार्थीहरुको एक समूह नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा पुगेर प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलामार्फत प्रधानमन्त्रीलाई रेल सञ्चालन गर्न ज्ञापनपत्र समेत बुझाए ।
उनीहरुले विवाह महोत्सवअघि रेल सञ्चालन नभए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
ज्ञापनपत्रमा रेल सञ्चालनका लागि आवश्यक भौतिक संरचना तयारी अवस्थामा रहेपनि राज्यको बक्रदृष्टि र षड्यन्त्रको कारण रेल सञ्चालन नगरेको उल्लेख छ ।
‘रेल सञ्चालनमा जानाजान अटेर गरी रहेकोले नेपाल सरकारले खरिद गरेको इन्जिन, बोगी र भारत सरकारको सहयोगमा निर्माण भएको ट्रैकआदि बिग्रिन थालेकोले हाम्रो ध्यान आकर्षित भएको छ,’ ज्ञापनपत्रमा उल्लेख छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…