नरहा गाउँपालिका काँग्रेस सभापतिमा मण्डल निर्विरोध
उनले बिगतको समयमा नरहा गाउँ पालिकामा निरवाचित जनप्रतिनिधिहरुले गरिब जनतालाई दुस्खद दिरहेको कुरा सबैलाई अबगत नै होला र महिला हिंसा , गरिबलाई हेप्ने , निरदोश ब्यक्तिलाई झुठो मुद्दा बनाएर फसाउने कार्य भैरहेकोमा अब ती कार्यहरु गरेको पाइएमा आफू नै ठूलो कदम चाल्ने र न्यायको बाटो दिलाउने प्रतिबद्धता जाहिर गरे।

२०७८ मंसिर ८ बुधबार, बिहान ९:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नेपाली काङ्ग्रेसको १४ औं अधिबेशन अन्तर्गत सिरहाको नरहा गाउँपालिकामा आज नेपाली काङ्ग्रेस पार्टीको गाउँ पालिका अध्यक्ष कमिटी निर्विरोध रुपमा चयन भएको छ। नवगठित कमिटीको गाउँपालिका अध्यक्षमा कमल प्रसाद मण्डल निर्विरोध चयन भएका छन् ।
नरहा गाउँपालिका कार्यसमितिको उपसभापतिमा पाण्डप यादव , सचिबमा शौखिलाल यादव , सह सचिबमा दिलिप यादव , सदस्यहरुमा राजकिशोर यादव, कुसुम कुमारी दनुवार , पन्चलाल यादव लगायतका सदस्य निर्बिरोध बिजय भएको हो ।
नेपाली कांग्रेसका महासमिति सदस्य अमर प्रसाद रेग्मीको अध्यक्षतामा अधिबेशन सम्पन्न भएको हो । नरहा गाउँ पालिकाको बलुवा चौकको पेट्रोल पम्पमा कार्यक्रम राखिएको थियो ।
नरहा गाउँ पालिकाको ५ वटै वडाहरुको सभापति लगायत राजनीतिक कर्मिहरुको उपस्थिति रहेको थियो । निर्बिरिध नवगठित कमिटिहरुलाई फुलको माला र टीका लगाई नेताहरूले सम्मान गरेका थिए ।
न्युज ब्युरो सङ्गको कुराकानीमा अध्यक्ष मण्डलले आफुलाई गाउँ सभापतिमा चयन गरेकोमा कार्यसमितिप्रति आभार प्रकट गरे ।
उनले बिगतको समयमा नरहा गाउँ पालिकामा निरवाचित जनप्रतिनिधिहरुले गरिब जनतालाई दुस्खद दिरहेको कुरा सबैलाई अबगत नै होला र महिला हिंसा , गरिबलाई हेप्ने , निरदोश ब्यक्तिलाई झुठो मुद्दा बनाएर फसाउने कार्य भैरहेकोमा अब ती कार्यहरु गरेको पाइएमा आफू नै ठूलो कदम चाल्ने र न्यायको बाटो दिलाउने प्रतिबद्धता जाहिर गरे।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…