लापरवाहीको नतिजा

जनकपुरः गुडिरहेको गाडीबाट खसेर एक युवतिको मृत्यू 

पूजाले पढने कलेज र घटनास्थलबीचको दुरी करिब ४ किलोमिटरको दुरीमा रहेको छ ।

२०७८ मङ्सिर ८ बुधबार
बिहान ०८:३७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको धारापानीस्थित एक युवतिको गाडीबाट खसेर मृत्यू भएको छ ।  

बुधबार बिहानै गुडिरहेको विँगरबाट धनुषाधाम नगरपालिका वडा नम्बर ९ धारापानीस्थित खसेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

धारापानीबाट ढल्केवरतर्फ जाँदै गरेको एक सार्वजनिक विँगरबाट झरेर धनुषाधाम नगरपालिका वडा नम्बर ७ भगवानपुर टोल बस्ने सोहन साहकी अन्दाजी बर्ष १८ की पूजा कुमारी साहको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ । 

बिहानै करिब ७ बजेको समयमा ना १ ज ७०९४ नम्बरको विँगरमा चढेकी पूजा धारापानी स्थित सिटबाटै तल झरेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) प्रदीप सुवेदीले जानकारी दिए । 

सुवेदीका अनुसार, धनुषाधाम नगरपालिका वडा नम्बर ९ स्थित रहेको यज्ञभूमि बहुमुखि क्याम्पसमा बि.बि.एस. प्रथम वर्षमा पढदै आएकी पूजा कलेजबाट बँक हानेर (कलेज नगएर अकै ठाउँमा जानु) ढल्केवर तर्फ जाँदै थिईन् । 

घरबाट कलेज जाँदैछु भनेर निस्केकी पूजा कलेज बँक हानेर ढल्केवर तर्फ जाँदै गर्दा उनको धारापानी स्थित बिँगर गाडीबाट खसेर तत्कालै मृत्यू भएको जनाइएको छ । भित्र सिटमै बसेकी पूजा कसरी झरयो भनेर अझै खुलेको छैनन् । 

स्थानीयहरुका अनुसार, युवति गाडीबाटै हामफालेकी थिईन् । उनी कलेज बँक कलेज नगएर अर्कैै ठाउँमा गईरहेको अवस्थामा गुडिरहकै गाडीबाट हाम फाल्दा तत्कालै मृत्यू भएको हो । हतार हतारमा उनी गाडीबाट हाम फालेको बताइएको छ । 

पूजाले पढने कलेज र घटनास्थलबीचको दुरी करिब ४ किलोमिटरको दुरीमा रहेको छ । धारापानीदेखि पूर्व उनको क्याम्पस रहेको छ । बुधबार उनी कलेज नगएर सार्वजनिक गाडी चढी ढल्केवरतर्फ जाँदै थिइन् । 

ईलाका प्रहरी कार्यालय ढल्केवरले मृतक पूजाकी लासलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ भने विँगर प्रहरीको नियन्त्रणमा राखेर अनुसन्धान अगाडी बढाएको हो । 
 

  • 0%
  • 0%
  • 1%
  • 45%
  • 51%
  • 1%

धनुषामा सशस्त्र प्रहरीका घुमुवा मण्डल र रामको असुली धन्दा, सेटिँग गरी भारत पठाउँछन दारु

  • २०७८ मङ्सिर ८ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका सशस्त्र प्रहरीका एसपी सरुवा भएलगत्तै सशस्त्र प्रहरीका घुमुवा सुरेन्द्र मण्डल र रँजीत रामले असुली धन्दालाई तीव्रता दिएका छन् ।  दक्षिणी धनुषामा सक्रिय रहेका सुरेन्द्र मण्डल र

पूरा पढ्नुहोस्

Bureau Menus

} }