धनुषामा नेपाली काँग्रेसका सबभन्दा कान्छो उपसभापति 'रुपेश' निर्वाचित
उपसभापतिमा विजयी भएका अमरेन्द्र यादव (रुपेश) शिवधारी यादवका नाती हुन् । शिवधारी यादव ईमान्दार नेताहरुमध्ये एक हुन् ।

२०७८ मंसिर ७ मंगलबार, बेलुकी ७:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट धनुषा जिल्लामै सबभन्दा कान्छो उपसभापतिको रुपमा २७ बर्षिय अमरेन्द्र कुमार यादव (रुपेश) निर्वाचित भएका छन् ।
मँगलबार धनुषा जिल्लाको शहिदनगर नगरपालिकाको नगर अधिवेशनबाट नगर उपसभापतिमा यादव निर्वाचित भएका छन् । मँगलरबार भएको निर्वाचन प्रणालीबाट यादव धनुषा जिल्लामै सबभन्दा कान्छो उपसभापति रहेको बताइएको छ ।
नेपाली काँग्रेसको नगर सभापतिमा शहिदनगर नगरपालिकाको वडा नम्बर १ का वडाध्यक्ष समेत रहेका तेजिलाल यादव विजयी भएका छन् । गत कार्तिक २८ गतेदेखि नै घमासान भएको शहिदनगरको अधिवेशनको क्रममा कैयौँ पटक विवाद हुँदै आएको थियो । सभापतिको लागि यादवले ९४ मत प्राप्त गरेका हुन् ।
मँगलबार निर्वाचन प्रणालीमा जाँदा २७ बर्षिय रुपेश ८८ मत प्राप्त गरी उपसभापतिमा विजयी भएका हुन् । यस्तै, अर्का सभापतिमा शैलेन्द्र चोरबार यादव विजयी भएका हुन् । उनी अमरेन्द्र भन्दा ८ मत अधिक ल्याएर उपसभापतिमा विजयी भएका हुन् । चोरबार कुल ९६ मत प्राप्त गरी विजयी भएका हुन् ।
निर्वाचित र नयाँ गठन भएको २७ सदस्यीय नगर कार्य समितिको सचिवमा पवन कुमार यादव र शिवनाथ मण्डल विजयी भएका हुन् । सह सचिवमा घुरन मण्डल खत्वे चयन भएका छन् ।
शहिदनगरमा नेपाली काँग्रेसको दुई पक्षबीच विवाद भएको थियो । पूर्व साँसद समेत रहेका शिवधारी यादव गुट र पूर्व साँसद दिनेश प्रसैला गुटबीच तनाव भएको थियो । निर्वाचन प्रणालीबाट शिवधारी यादवको पुरै प्यानल सहित विजयी भएका हुन् ।
उपसभापतिमा विजयी भएका अमरेन्द्र यादव (रुपेश) शिवधारी यादवका नाती हुन् । शिवधारी यादव ईमान्दार नेताहरुमध्ये एक हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…