धनुषाका यी ५ पत्रकार नेपाली काँग्रेस पार्टीका कार्यकर्ता
पत्रकार महासँघकै सदस्यता लिएका दिपेश मल्लिक पनि नेपाली काँग्रेसको जनकपुरधाम उपमहानगरपालिकाको कार्य समिति सदस्य भएका छन् । यस्तै महासँघकै सदस्य राघवेन्द्र साह पनि नेपाली काँग्रेसकै कार्यकर्ता भएका हुन् ।

२०७८ मंसिर ७ मंगलबार, बिहान ९:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल पत्रकार महासँघ धनुषाका पाँच सदस्यहरु अब नेपाली काँग्रेसका कार्यकर्ता बनेका छन् ।
नेपाली काँग्रेसको १४ औँ अधिवेशनबाट नेपाल पत्रकार महासँघको सदस्यता लिएका पाँच पत्रकारहरु नेपाली काँग्रेसका कार्यकर्ता भएका छन् ।
नेपाल पत्रकार महासँघ धनुषा शाखाबाट सदस्यता लिएका शैलेन्द्र झा नेपाली काँग्रेसका क्रियाशिल सदस्य भएका छन् । उनी यसअघि पनि नेपाली काँग्रेसको भातृ एवम् शुभेच्छुक सँगठन प्रेस युनियनमा रहेका थिए ।
यस्तै, पत्रकारिता गर्दै आएका धनुषा महेन्द्रनगरका अजय कुमार साह पनि अब नेपाली काँग्रेसका पदाधिकारी बनेका छन् । अधिवेशनबाट उनी क्षीरेश्वरनाथ नगरपालिकाको नेपाली काँग्रेसको उपभासपति भएका हुन् ।
पत्रकार महासँघकै सदस्यता लिएका दिपेश मल्लिक पनि नेपाली काँग्रेसको जनकपुरधाम उपमहानगरपालिकाको कार्य समिति सदस्य भएका छन् । यस्तै महासँघकै सदस्य राघवेन्द्र साह पनि नेपाली काँग्रेसकै कार्यकर्ता भएका हुन् ।
नेपाली काँग्रेसमै सक्रिय रहेर नेपाल पत्रकार महासँघको सदस्य समेत रहेका विमलेश सिँह पनि नेपाली काँग्रेसका कार्यकर्ता भएका हुन् । उनी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ का वडासभापतिको रुपमा चयन भएका छन् ।
नेपाल पत्रकार महासँघले कुनै राजनीतिक दलको शुभेच्छुक भएर बस्ने पाउने भएपनि क्रियाशिल हुन नपाउने व्यवस्था गरेपनि उनीहरु नेपाली काँग्रेस पार्टीमा क्रियाशिल भएर सक्रिय भएका हुन् ।
महासँघले एक विज्ञप्ति जारी गरी राजनीतिक दलको सदस्य भए पत्रकार महासँघको सदस्यता छोडन उर्दी नै जारी गरेको छ । तर, उनीहरु अझै सदस्यता त्याग गरेका छैनन् ।
महासँघले कि त राजनीतिक दलको क्रियाशिल सदस्य कि त पत्रकार महासँघको क्रियाशिल सदस्य गरी एउटा सँस्थामा मात्र सदस्य रहन विज्ञप्ति जारी गरेको छ ।
केही दिन यता, पत्रकार पनि र राजनीतिक दलका कार्यकर्ता पनि हुने प्रवृति मौलाउँदै गएको छ । राजनीतिको साथै पत्रकार पनि कहलाउने प्रवृति बढदै गएपछि महासँघले एक सँस्थाको सदस्यता त्याग गर्न भनेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…