धनुषामा तास खेलिरहेको अवस्थामा दुई जना पक्राउ 

२०७८ मङ्सिर ७ मंगलबार
बिहान ०७:४९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीले १ लाख ६६ हजार ३ सय ५ रुपियाँ सहित जुवा खेल्दै गरेको आरोपमा दुइजनालाई पक्राउ गरेको छ ।

जिल्लाको मिथिला नगरपालिका–११ बाहुनमारा स्थित मान बहादुर थापाको घरमा जुवाको खाल बनाई जुवा खेल्दै गरेको अवस्था दुइ जनालाई रकम सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

जुवा खेलेको आरोपमा जनकपुरधाम उप–महानगरपालिका– ८ का ५१ वर्षीय फेकन चौधरी तथा सर्लाहीको चन्द्र नगरपालिका–६ का ६० वर्षीय लक्ष्मी राउतलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेकाहरुको साथबाट प्रहरीले पौने दुइ लाख नगद, तास लगायतका समानहरु बरामद गरेको छ । पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय ढल्केबरमा राखि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिप्रका धनुषा प्रमुख बसन्त रजौरेले बताए । 

इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटेको प्रहरी टोलीले छापामारी गरी जुवा खेलिरहेका दुई जनालाई नियन्त्रणमा लिएको छ भने जुवा खेल्दै गरेका १०÷१२ जना फरार भएका छन ।

  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%
  • 0%

मिर्चैयामा भूमिहीन दलित तथा सुकुम्बासीलाई मेयर यादवले बाँडे निस्सा

  • २०७८ मङ्सिर ७ मंगलबार

न्यूज ब्यूरो, सिरहा ।  मिर्चैया नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाइ निस्सा वितरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख श्रवण कुमार यादवे वडा नं ९ का ९५ जना भूमिहीन

पूरा पढ्नुहोस्

Bureau Menus