धनुषामा तास खेलिरहेको अवस्थामा दुई जना पक्राउ
पक्राउ परेकाहरुको साथबाट प्रहरीले पौने दुइ लाख नगद, तास लगायतका समानहरु बरामद गरेको छ । पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय ढल्केबरमा राखि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिप्रका धनुषा प्रमुख बसन्त रजौरेले बताए ।

२०७८ मंसिर ७ मंगलबार, बिहान ७:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीले १ लाख ६६ हजार ३ सय ५ रुपियाँ सहित जुवा खेल्दै गरेको आरोपमा दुइजनालाई पक्राउ गरेको छ ।
जिल्लाको मिथिला नगरपालिका–११ बाहुनमारा स्थित मान बहादुर थापाको घरमा जुवाको खाल बनाई जुवा खेल्दै गरेको अवस्था दुइ जनालाई रकम सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जुवा खेलेको आरोपमा जनकपुरधाम उप–महानगरपालिका– ८ का ५१ वर्षीय फेकन चौधरी तथा सर्लाहीको चन्द्र नगरपालिका–६ का ६० वर्षीय लक्ष्मी राउतलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले पौने दुइ लाख नगद, तास लगायतका समानहरु बरामद गरेको छ । पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय ढल्केबरमा राखि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिप्रका धनुषा प्रमुख बसन्त रजौरेले बताए ।
इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटेको प्रहरी टोलीले छापामारी गरी जुवा खेलिरहेका दुई जनालाई नियन्त्रणमा लिएको छ भने जुवा खेल्दै गरेका १०÷१२ जना फरार भएका छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…