विद्यालयमा राजनीतिः धनुषाको कमला नगरपालिकामा विद्यार्थीहरुले गरे तालाबन्दी 

२०७८ मङ्सिर ६ सोमबार
बेलुकी ७:०३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाको कार्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेको छ । 

कमला नगरपालिका वडा नम्बर १ स्थित रहेको मावि मँगराहामा केही शिक्षकहरुको व्यक्तिगत स्वार्थ र राजनीतिले विद्यार्थीहरु आजित भएका छन् । 

स्थानीय पायक पर्ने शिक्षकहरुको राजनीति भावले अन्य शिक्षकहरु काम गर्न नचाहँदा विद्यार्थीहरुको पठन पाठन समेत प्रभावित हुँदा विद्यार्थीहरुले नगरपालिकाकै कार्यालयमा तालाबन्दी गरेका हुन् । 

सोमबार बिहान सयौँको सँख्यामा आएका मँगराहा विद्यालयका विद्यार्थीहरुले नगरपालिका कार्यालयको मुख्यद्धारमा ताला लगाएका छन् । उनीहरुले कक्षा ९ र १० मा पनि मात्र तीन जना शिक्षकले अपुग भएको भन्दै नियमित पठनपाठन गराउन माग गर्दै तालाबन्दी गरेका हुन् । 

विद्यालयकै एक शिक्षकले विद्यार्थीहरुलाई उक्साएर पठनपाठन बन्द गरी आन्दोलन गर्न लगाएको आरोप पनि लगाइएको छ । शिक्षको व्यक्तिगत राजनीतिक स्वार्थ पूरा नहुँदा उनले विद्यार्थीहरुलाई उचालेको आरोप विद्यालयकै एक शिक्षकले नाम नखोल्ने शर्तमा लगाए । 

विद्यालयमा भौतिक पूर्वाधार निर्माण सहित शिक्षकको दरबन्दी भएपनि नगरपालिकाका मेयर राम उदगार गोईतले खासै चासो नलिँदा समस्या उत्पन्न भएको आरोप पनि शिक्षकहरुले लगाएका छन् । 

विद्यालयमा शिक्षहरुको दरबन्दी अनुसार पदपूर्ति हुन नसक्दा विद्यार्थीहरुको पठनपाठन अवरुद्ध हुँदै आएको छ । सो विद्यालयमा काम गर्ने शिक्षकहरु अन्य पालिकाको विद्यालयमा काज सरुवा गरी काम गरिरहेको छ । 

यता, कमला नगरपालिकाका नगर प्रमुख राम उदगार गोईत, प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्र कुमार सढान र शिक्षा शाखा प्रमुख सरोज कुमार यादवले काजमा रहेका शिक्षकहरुलाई फिर्ता बोलाउनको लागि पत्र काटिसकेको जनाएका छन् । 

अन्य विद्यालयमा काज सरुवामा रहेका शिक्षकहरुलाई पत्राचार गरी सो विद्यालयमा पठनपाठनको लागि बोलाउन पत्राचार गरिएको बताइएको छ । तर, विद्यार्थीहरुले नगरपालिका कार्यालयमै तालाबन्दी गरिदिएपछि शिक्षक बोलाउने प्रक्रिया समेत अवरुद्ध हुने देखिएको छ । 

सोही क्रममा मेयर गोईतले आफूसँग विद्यार्थीहरुले गरेको जायज मागहरु केही पुरा गरिएको दाबी गरे । उनले अहिले पार्टीको अधिवेशनमा व्यस्तता भएको भन्दै दुईदिनपछि समस्या समाधानको लागि बैठक राख्ने बताए । 

मेयर गोईतले विद्यार्थीहरुलाई तालाबन्दी समाधान नभई झन जटिलताको तर्फ धकेल्न उक्साएको बताए । उनले विद्यार्थीहरुलाई तत्काल तालाबन्दी हटाएर शिक्षकहरुलाई फिर्ता बोलाउने र शिक्षकहरु नियुक्ती गर्ने प्रक्रिया अवरुद्ध नगर्न आग्रह गरे । 

उनले भने,–“सोझासोझा विद्यार्थीहरुलाई उक्साएर राजनीति प्रतिशोध त साध्न सकिएला, तर विद्यार्थीहरुको भविष्यलाई कसले खयाल गर्ने ? विद्यार्थीहरुले आफू पनि बुझनुपर्दछ । यस्तोमा विद्यार्थीका अभिभावकहरुले पनि बच्चालाई निगरानी गर्नुपर्दछ ।”

मँगराहा विद्यालयबाट आन्दोलनका लागि आउने विद्यार्थीहरुको सबै खर्च एक शिक्षकले तिर्दै आएका छन् । जानकारी अनुसार, उनले नै उनीहरुलाई पठनपाठन बन्द गरी आन्दोलनको लागि ३ किलोमिटर हिँडेर आउन बाध्य पारेका छन् । 

सो विद्यालयका विद्यार्थीहरुलाई खाजा खुवाउने, नास्ता खुवाउने लोभ दिएर आन्दोलनको लागि भाडा दिएर ल्याउने गरेको आरोप पनि विद्यालयकै शिक्षकले लगाएका छन् । उनले आफूहरु पढाउन चाहेपनि पढाउने वातावरण भने रहन नदिएको आरोप लगाए । 

  • 50%
  • 50%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहामा दारु तस्करीको मुख्य भिल्लेन बिओपीका सशस्त्र प्रहरी, पेलिए मात्र नेपाल प्रहरी

  • २०७८ मङ्सिर ६ सोमबार

न्यूज ब्यूरो, सिरहा । सिरहाको माडर नाकाबाट भईरहेको व्यापक दारु तस्करीमा बिओपीको मिलोमत्तो हुँदै आएको छ । सीमा सुरक्षामा खटिएका र तस्करी रोक्न मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी र सीमानाकामा

पूरा पढ्नुहोस्

Bureau Menus

} }