धार्मिक सदभावको अनुकरणीय नगरी मटिहानी : मुख्यमन्त्री राउत
मानवीय विकास सुचकांङ्कमा पछि परेको प्रदेश २लाई अगाडी बढाउन महिला शिक्षामाथी जोड दिनु पर्नेमा प्रदेश सरकार सचेत रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले शिक्षाका साथै रोजगारीमा समेत महिलाको पहुँच सुनिश्चित गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।

२०७८ मंसिर ६ सोमबार, बेलुकी ६:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले मटिहानी नगरपालिका धार्मिक सदभावको अनुकरणीय नगरी रहेको बताएका छन् ।
मटिहानी रंगशालाको उद्घाटन समारोहमा विशिष्ट अतिथिको आसनबाट बोल्नु हुँदै मुख्यमन्त्री राउतले लक्ष्मी नारायण मठका साथै पिरबाबा र तसमैया बाबा प्रतिको जनआस्थाले मटिहानीलाई धार्मिक सद्भावको अनुकरणीय बनाएको उल्लेख गरे ।
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पछि विकास निर्माण कार्यले तीब्रता लिएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले जनप्रतिनिधि विहिनताको अवस्थामा देखिएको सुस्तता अन्त भएको दावी गरे ।
तीनै तहका सरकारले अगाडी बढाएको विकास निर्माणको अनुभूति सर्वसाधारणले गर्न थालेको र त्यस्कै एउटा उदहरण मटिहानी रंगशाला रहेको उनको कथन थियो ।
मानवीय विकास सुचकांङ्कमा पछि परेको प्रदेश २लाई अगाडी बढाउन महिला शिक्षामाथी जोड दिनु पर्नेमा प्रदेश सरकार सचेत रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले शिक्षाका साथै रोजगारीमा समेत महिलाको पहुँच सुनिश्चित गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।
उनले प्रदेश सरकारको हरेक निकायमा पचास प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चितता गरेको उल्लेख गरे ।
मटिहानी नपाका प्रमुख हरिप्रसाद मण्डलको अध्यक्षता एवं राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य महन्थ ठाकुर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…