जनकपुरः ३ बर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा एक साधु पक्राउ
बालिकालाई आजै मेडिकल टेष्ट गराएर घर फर्काएको प्रहरीले जनाएको छ । रिपोर्ट आएपछि यथार्थ कुरा पत्ता लाग्ने बताउँदै गहन अनुसन्धान तीव्र पारिएको बताइएको छ । बाबा अहिले प्रहरीकै नियन्त्रणमा रहेको छ ।

२०७८ मंसिर ३ शुक्रबार, बेलुकी ५:५२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको ईच्छापुरबाट एक साधु (बाबा) लाई प्रहरीले पक्राउ गरेको छ ।
धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ९ ईच्छापुरस्थित रहेको मन्दिरमा खेल्न गएकी तीन बर्षिय बालिकालाई सोही मन्दिरमा आएका एक बाबाले ब लात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।
शुक्रबार बिहानै घरबाट मन्दिरमा खेल्न गएका ती बालिकालाई आफूलाई बाबा भन्ने अन्दाजी बर्ष ७५ को वृद्धले बालिकालाई ब लात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
विहानै यस्तो घटना हुँदा रुदैँ घर गएकी बालिकाले आमासँग भन्दा उनकी आमा जोडजोडले चिच्याएपछि छिमेकीहरु जम्मा भएको थियो । छिमेकीहरुले समेत थाहा पाएपछि भाग्नै लागेका ती बाबालाई समातेर प्रहरीलाई जिम्मा लगाएको बताइएको छ ।
घटना भएपश्चात गाउँमा हल्ला भएपछि आफूलाई बाबा भन्ने ती व्यक्ती मन्दिरबाट भाग्न खोजेका थिए । उनलाई धनुषाधाम नगरपालिका वडा नम्बर ५ पर्वतास्थितबाट गाउँलेहरुले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएको हो । उनलाई पक्राउ गर्नको लागि प्रहरीको टोलीपनि सँगै थियो ।
बच्चाको अवस्था देखेपछि उनकी आमा चिच्याएकी थिइन् । छिमेकीहरुले सोध्न गएपछि अवस्था देखाउँदा घटनाको बारेमा हल्ला भएको बताइएको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार, सो बाबा आफू धनुषाधाम नगरपालिका वडा नम्बर ६ र नाम शिवाजी राम भन्ने गरेको छ ।
बालिकालाई आजै मेडिकल टेष्ट गराएर घर फर्काएको प्रहरीले जनाएको छ । रिपोर्ट आएपछि यथार्थ कुरा पत्ता लाग्ने बताउँदै गहन अनुसन्धान तीव्र पारिएको बताइएको छ । बाबा अहिले प्रहरीकै नियन्त्रणमा रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…