मोदीले जानकी मन्दिरलाई घोषणाको १०० करोड चाँडै उपलब्ध गराउनेछ : शास्त्री
उनी पूजा गर्न जानकी मन्दिर पुगेको बेला मन्दिरका महन्थ रामतपेश्वर दासले ‘गाई’ तस्करी रोक्न उनलाई सुझाएका थिए । महन्थ दासले आग्रह गर्दै भने, ‘नेपालमा गौ हत्या भइरहेको छैन । तर भारतमा चाररचार शंकाराचार्य छन् । यद्यपि गौ हत्या भइरहेको छ । यसलाई रोक्नुपर्छ । मेरो यो संदेश प्रधानमन्त्री नरेन्द्र मोदी सम्म पु¥याइदिनुस ।’

२०७८ मंसिर २ बिहीबार, बिहान ८:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम क्षेत्रका विकासकालागि घोषणा गरेको सय करोड रकम छिट्टै उपलब्ध हुने भएको छ ।
धार्मिक भ्रमणको क्रममा जनकपुरधाम आइपुगेका भारतीय जनता पार्टीका प्रवक्ता विजय सोन्कर शास्त्रीले संचारकर्मीहरुलाई बताएका हुन् ।
प्रवक्ता शास्त्रीले नेपाल भारतको सम्बन्ध पौराणिक र ऐतिहासिक रहेको चर्चा गर्दै भारतीय प्रधानमन्त्री मोदीले जनकपुरधामको विकासको लागि घोषणा गरेको रकम चाँडै नै भारत सरकारले उपलब्ध गराउने जनाए ।
भारत सरकारले संचालन गर्ने रामायण सक्र्रिट रेल्वे योजनामा जनकपुरधामलाई पनि समावेश गरिने योजना रहेको उनले प्रष्ट गरे ।
नेपाल भारतबीचको सम्बन्ध प्रौराणिक कालदेखि प्रगाढ रहेको बताउंदै शास्त्रीले धार्मिक, साँस्कृतिक एवं राजनीतिक सम्बन्ध अझै प्रगाढ हुंदै जाने विश्वास व्यक्त गरे । उनले भारत सरकार सधैं नेपालको हितको पक्षमा रहेको प्रसंग उल्लेख गरे ।
उनी पूजा गर्न जानकी मन्दिर पुगेको बेला मन्दिरका महन्थ रामतपेश्वर दासले ‘गाई’ तस्करी रोक्न उनलाई सुझाएका थिए । महन्थ दासले आग्रह गर्दै भने, ‘नेपालमा गौ हत्या भइरहेको छैन । तर भारतमा चाररचार शंकाराचार्य छन् । यद्यपि गौ हत्या भइरहेको छ । यसलाई रोक्नुपर्छ । मेरो यो संदेश प्रधानमन्त्री नरेन्द्र मोदी सम्म पु¥याइदिनुस ।’
भाजपा नेता शास्त्रीले जनकपुरधाम उपमहानगरपालिका–७ स्थित सवरी कुटीमा दलित समुदायका अगुवा नेताहरुसँग भेटघाट पनि गरेका थिए ।
माडवाडी सेवा समितिमा पत्रकारहरुको भेटघाटपछि राजनीतिक दलका नेताहरुसँग पनि भेटघाट गरेका हुन ।
भाजपा प्रवक्ता शास्त्रीलाई जनकपुर विमानस्थलमा राजनीतिकर्मी देवेन्द्र यादव, लोसपा नेता वृशेषचन्द्र लाल, प्रदेश २ का जसपा सांसद चमेलीदेवी दास, दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठा लगायतले स्वागत गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…