२६ दिनपछि रिहा भए जनमतका १७ नेता कार्यकर्ता, जनकपुरमा विजयी जुलुस
जनकारवाही

२०७८ कार्तिक ३० मंगलबार, राति ९:३९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा एक ईन्जिनीयरलाई जनकारवाही भन्दै अर्ध नग्न पारी बजार घुमाएको आरोपमा पक्राउ परेका जनमत पार्टीका नेता कार्यकर्ताहरु रिहा भएका छन् ।
मँगलबार अबेर बेलुकी पक्राउ परेका जनमत पार्टीका १७ जना नेता तथा कार्यकर्ताहरु रिहा भएका छन् । उनीहरु रिहा भएलगत्तै जनमत पार्टीले जनकपुरमा विजयी जुलुस निकालेको हो ।
गत कार्तिक ४ गते जनकपुरस्थित रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका डिई राजेश कुश्वाहालाई समयमा काम नगरेको भन्दै अर्ध नग्न पारी बजार घुमाएको आरोपमा सोही दिन १७ जनालाई पक्राउ गरेको थियो ।
डा. सिके राउत नेतृत्वको जनमत पार्टीका सो १७ जना कार्यकर्तालाई छुटाउनको लागि विभिन्न चरणमा आन्दोलन गरिएको थियो । यद्यपी, उनीहरुमाथि कर्मचारीलाई दुर व्यवहार गरेको भन्दै मुद्दा चलाएको थियो ।
मँगलबार अदालतले उनीहरुलाई धरौटीमा रिहा गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, पक्राउ परेका १७ जना मध्ये ७ जना ५०/५० हजार र बाँकी १० जना १/१ लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका हुन् ।
अदालतले १२ लाख रुपैयाँ धरौटीमा १७ जनालाई रिहा गरेको हो । ईन्जिनीयर कुश्वाहामाथि जनकारवाही भन्दै बजार घुमाएपछि प्रशासनले उनीहरुमाथि मुद्दा चलाएको थियो ।
डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले संघिय खानेपानि तथा ढल ब्यवस्थापन आयोजनाका हाकिमलाई जनकारवाही स्वरुप हातपात गर्दै जनकपुर घुमाएको थियो ।
कार्तिक ४ गते जनमतका धनुषा जिल्ला अध्यक्ष ओम विक्रम कुश्वाहा, केन्द्रीय सदस्य सँजय कुमार सिँह, वीरेन्द्र कुमार महतो, विद्यार्थी जनमत सँघका अध्यक्ष विजय यादव, दुर्योधन यादव, प्रेमकिशोर यादव, महेशकुमार यादव, रामकरण यादव, सँजय प्रधान, धनिकलाल कापर, विक्रम कुमार साह, कैलाश प्रसाद साह, दिनेश रजक साफी, सँजय साह, अमरनाथ साह, सुन्दर लगायतका नेता कार्यकर्ताहरु पक्राउ परेका थिए ।
धेरै बर्षाको कारण जनकपुरधाम जलमग्न भएपछि ढल निर्माणमा अनियमितता भएको भन्दै सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले संघिय खानेपानि तथा ढल ब्यवस्थापन आयोजनाका निमित्त प्रमुखलाई कुटपिट गर्दै नगर घुमाएको थियो ।
दुई दिनकै वर्षामा पानीको निकास ढल भएर बग्न नसकेपछि जनमत पार्टीका नेताकार्यकर्ताले संघिय खानेपानि तथा ढल ब्यवस्थापन आयोजनाका निमित्त प्रमुख राजेश्वर कुश्वाहालाई कुटपिट गर्दै नगर परिक्रमा गराएका थिए ।
जनकपुरधामको रामानन्द चोकस्थित कार्यालयमा लाठीसहित पुगेका जनमत पार्टीका दर्जनौं कार्यकर्ताले कुश्वाहालाई जबरजस्ती कार्यालयबाट बाहिर निकालेर कुटपिट गर्दै नगर परिक्रमा गराएका थिए।
उनीहरुले निमित्त प्रमुख कुश्वाहाको कपडा च्यात्नुका साथै नालामा रहेको हिलो दलिदिएका थिए। निमित्त प्रमुख कुश्वाहालाई अर्धनग्न बनाएर डा। राउतका कार्यकर्ताहरु सहित जनकपुरकै स्थानीयहरुले कुटपिट गरी नगर परिक्रमा गराइरहँदा प्रहरी प्रशासन भने मुकदर्शक थियो ।
जनमत पार्टीले खानेपानीमा ज्ञापन पत्र बुझाउँदै ढल निकासको उचीत व्यवस्थापनको लागि बारम्बार अपिल गरेको थियो । त्यसपछि जनमत पार्टीका कार्यकर्ताहरुले खानेपानी सँस्थानमा तालाबन्दी समेत गरेको थियो ।
यतिसम्म गर्दा पनि प्रमुख कुश्वाहाले विहिबार जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरमा ढल निकासको उचीत व्यवस्थापनको लागि योजनाको बारेमा सोध्न गएपछि उनीहरुसँग चर्को स्वरमा बोलेपनि प्रमुख कुश्वाहालाई समातेर नगर परिक्रमा गराएको थियो ।
जनमत पार्टीको यो अवतारलाई समाजिक सँजालमा समर्थन पनि उत्तिकै गरिएको थियो भने आलोचना पनि उत्तिकै गरिएको थियो ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…