प्रदेश २ को मुख्यमन्त्री कार्यालयको साईकल खरिदमा भ्रष्टाचार : अख्तियार
मुख्यमन्त्री लालबाबु राउतले संघीयता खतरामा पार्ने षडयन्त्र भएको प्रतिक्रिया दिएका थिए ।

२०७८ कार्तिक २९ सोमबार, दिउँसो ४:३१ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत भएको साइकल खरिदमा भ्रष्टाचार देखिएको बताइएको छ ।
सोमबार प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित अख्तियारका एक अधिकारीले प्रदेश नम्बर २ को मुख्यमन्त्री कार्यालयले विभिन्न समयमा खरिद गरेको साईकलमा भ्रष्टाचार देखिएको बताएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख कृष्णप्रसाद सापकोटाले प्रारम्भिक चरणको अनुसन्धानमा भ्रष्टाचार भएको देखिएको पुष्टि गरेका छन्।
जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘साइकल खरिद प्रकरणको प्रारम्भिक अनुसन्धानमा भ्रष्टाचार देखिएको छ। दोश्रो चरणको अनुसन्धान सुरु भएको छ। त्यसमा पनि भ्रष्टाचार देखियो भने त्यसमा संलग्न पदाधिकारी उपर भ्रष्टाचार विरुद्ध मुद्दा दायर हुन्छ।’
गएको असोज १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेर साइकल खरिद सम्बन्धी कागजात नियन्त्रणमा लिएको थियो।
साईकल खरिद सम्बन्धी फाईलहरु नियन्त्रणमा लिएपछि मुख्यमन्त्री लालबाबु राउतले संघीयता खतरामा पार्ने षडयन्त्र भएको प्रतिक्रिया दिएका थिए । अहिले प्रथम चरणको अनुसन्धानमा भ्रष्टाचार पुष्टि भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…