माधव नेपालको एकिकृत समाजवादीमा नेता रामचन्द्र झा सचिवालय समितिमा मनोनित
फुयाल पूर्वसांसद हुन् । उनी पनि एमाले पृष्ठभूमिका नेता हुन् । २०५४ मा पार्टी विभाजन हुँदा फुयाल मालेतिर लागेका थिए । मालेबाटै आएका श्यामराज राईलाई केन्द्रीय परिषद सदस्य र कारिप्रसाद यादव प्रदेश–२ को सदस्यमा मनोनित भएका छन् ।

२०७८ कार्तिक २८ आइतबार, बेलुकी ७:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेकपा एकीकृत समाजवादीले रामचन्द्र झालाई सचिवालय समितिमा मनोनित गरेको छ । आइतबार सकिएको केन्द्रीय कमिटी बैठकले झालाई सचिवालय सदस्यमा मनोनित गरेको हो ।
शुक्रबारको स्थायी कमिटीले झालाई सचिवालयमा मनोनित गर्न प्रस्ताव गरेको थियो । नेकपा एमाले पृष्ठभूमिका झा हाल नेकपा माओवादी केन्द्रमा थिए । एमाले विभाजन भएर एकीकृत समाजवादी बनेपछि झाले माओवादी छोडेका हुन् ।
एकीकृत समाजवादीले एमाले छोडेका वंशीधर मिश्रलाई स्थायी कमिटीमा मनोनित गरेको छ । माले छोडेर आएका कुलप्रसाद फुँयाल, शंकर पोखरेल र निलमणि बराललाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
फुयाल पूर्वसांसद हुन् । उनी पनि एमाले पृष्ठभूमिका नेता हुन् । २०५४ मा पार्टी विभाजन हुँदा फुयाल मालेतिर लागेका थिए । मालेबाटै आएका श्यामराज राईलाई केन्द्रीय परिषद सदस्य र कारिप्रसाद यादव प्रदेश–२ को सदस्यमा मनोनित भएका छन् ।
एमाले डडेलधुरा अध्यक्ष छोडेर एकीकृत समाजवादी प्रवेश गरेका डा. तारा जोशीलाई पनि केन्द्रीय कमिटीमा मनोनित गरिएको छ ।
From: onlinekhabar
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…