जनकपुरको देवपुरा रुपैठामा निषेधाज्ञा लम्बाइयो
सो अवधीमा कुनै पनि सभा, जुलुस, र्याली गर्न नपाउने गरी निषेधाज्ञा लगाएको हो ।

२०७८ कार्तिक २८ आइतबार, बेलुकी ६:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दु–मुस्लिम समुदायको विवादपछि जनकपुरको देवपुरा रुपैठामा लगाइएको निषेधाज्ञालाई लम्ब्याइएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० देवपुरा रुपैठामा हिन्दु समुदाय र मुस्लिम समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा लम्ब्याएको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले आईतबार राती १० बजेसम्मको लागि लगाइएको निषेधाज्ञालाई मँगलबार राती १० बजेसम्मको लागि लम्ब्याइएको हो ।
वर्तमान सुरक्षा अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कार्तिक ३० गते राती १० बजेसम्मको लागि निषेधाज्ञा जारी राख्ने भएको छ ।
सो अवधीमा कुनै पनि सभा, जुलुस, र्याली गर्न नपाउने गरी निषेधाज्ञा लगाएको हो । देवपुरा रुपैठाको चार किल्लाभित्र त्यस्ता गतिविधिहरु नगर्न आग्रह समेत गरिएको हो ।
छठको दिन मुस्लिम समुदायका केही उच्छृँगल व्यक्तिहरुले छठ घाट बनाउन जाँदा व्रतालुहरुमाथि जाईलागेपछि विवाद सुरु भएको थियो । उनीहरुले घाट नजिकै मासु पसल सँचालन गरेपछि विवाद भएको बुझिएको छ ।
यद्यपी, त्यहाँ स्थित रहेको तेलिया पोखरी अतिक्रमण गरी दुवै समुदायले आ–आफ्नो भनेपछि विवाद सुरु भएको बताइएको छ । छठको दिन हिन्दु समुदायका व्रतालुहरुले धार्मिक रयाली निकालेपछि मुस्लिम समुदायका केही व्यक्तिहरुले अवरोध गरेपछि विवाद चुलिएको हो ।
शनिबार मात्र नारा जुलुसको क्रममा भएको झडपमा परी ६ जना घाईते भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…