छठमा जनकपुरदेखि वीरगँजसम्म हेलिकप्टरबाट फूल बर्षाइने
ठाकुरले कतिपय स्थानमा मुसलमान दाजुभाईले छठको पूजा गरिरहेको सुनाए ।

२०७८ कार्तिक २३ मंगलबार, बेलुकी ६:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित छठ पर्वमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिने भएको छ ।
मधेशको महापर्वको रुपमा रहेको छठ पर्वको अवसरमा पूर्व युवराज्ञी हिमानी साहसहितको टोलीले हेलिकप्टरबाट फूलको वर्षा गर्ने कार्यक्रम तय भएको छ ।
छठ पूजको अवसरमा जनकपुरको विभिन्न पोखरीमा मनाइने छठमा बुधबार जनकपुरदेखि वीरगञ्जसम्मका विभिन्न स्थानमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिने भएको छ ।
रिपोर्टर्स क्लबमा मंगलबार पत्रकार सम्मेलन गर्दै २०४७ सालको संविधान पुनःस्थापना हाम्रो अभियान, नेपाल नागरिक अभियान, विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय तथा श्रीराम हनुमान आराधना मण्डल नेपालसहित चारवटा संस्थाहरु आबद्ध भएको संयुक्त केन्द्रीय समितिले पुष्पवृष्टिबारे जानकारी दिएको हो ।
समितिले विशेषगरी धनुषा (जनकपुर), पर्सा र बारामा पुष्पवृष्टि गर्ने जानकारी दियो । धनुषा (जनकपुर) मागंगासागर पोखरी, दशरथ सागर पोखरी तथा जानकी मन्दिर तथा आसपासका पोखरीमा, पर्सा (विरगञ्ज) को घडिहरवामाई पोखरी तथा आसपासका पोखरीमा दिउँसो ४ः३० बजे र बाराको बहुअरी पोखरी ५ मा पृष्पवृष्टिको कार्यक्रम रहेको जानकारी दिएको छ ।
कार्यक्रममा बोल्दै पूर्वराजदूत रामभक्त ठाकुरले छठ शब्दले नै मनमा उमंग बढ्ने बताए । उनले पूर्वयुवराज्ञी हिमानी शाहको आतिथ्यमा कार्यक्रम हुने खबरले आफू निकै हर्षित भएको सुनाए । उनले छठ पर्व कुनै जातपातको हिसाबले नमनाउने बताए ।
छठ पर्वले सबै नेपालीलाई एकीकृत गर्ने उनको भनाइ थियो । ठाकुरले कतिपय स्थानमा मुसलमान दाजुभाईले छठको पूजा गरिरहेको सुनाए । नेपाल नागरिक अभियान तराईका संयोजक कैलाश साहले तराई क्षेत्रमामात्र सीमित छठपर्व सबैतिर पुर्याउनुपर्नेमा जोड दिए ।
२०४७ सालका संविधान पुनःस्थापना हाम्रो अभियानका नेता तथा समाजसेवी किशोरी महतो, नेपाल नागरिक अभियान उपत्यकाका संयोजक राकेश कृष्ण अमात्य, जेश्वरी मन्दिरका पुजारी हेमरत्न शाक्यलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…