दाईजो प्रथा समाजिक अपराध होः मुख्यमन्त्री राउत
मतिबुल रहमानको अध्यक्षमा भएको उक्त कार्यक्रममा संघीय सांसद एवम् पुर्व मन्त्री मातृका प्रसाद यादव, मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी, जसपा केन्द्रिय सदस्य दिपाक कार्की, प्रदेश सभा सदस्य रामअशिष यादव, जैनुल राईन, मुस्लिम घर्मगुरुहरुले दहेज मुक्त समाज निर्माणका लागि आ(आफ्नो धारणणा व्यक्त गरेका थिए ।

२०७८ कार्तिक २१ आइतबार, बिहान ८:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले दाइजो प्रथा सामाजिक कुरुती मात्र नभई सामाजिक अपराध समेत रहेको बताएका छन् ।
जिलई जमईत अहलेहदिस प्रदेश न २ द्वारा धनुषाको गणेशमाण चारनाथ नपा २ छघरीया स्थित मदरसाको प्राङ्गणमा आयोजित दहेज मुक्त अभियान कार्यक्रम प्रमुख अतिथीको आसनबाट बोल्दै मुख्यमन्त्री राउतले दहेज रुपि सामाजिक अपराधलाई अन्त गर्नुको विकल्प नरहेको बताए।
मुख्यमन्त्री राउतले दहेजको नाउमा सडकको अपराधीक घटनाहरु समाज भएको तथ्य उजागर गर्दै यस्ता अपराध अन्तको लागि सबैलाई आ–आफ्नो स्थान बाट प्रण गर्न आग्रह गरे ।
समाजको अधा हिस्सा ओगट्को महिलाहरुको शिक्षामा जोड दिनु पर्नै उल्लेख गर्दै मुख्यमन्त्री राउतले सबै क्षेत्रमा महिलाको पहुँच नभए सम्म समाजले बिकास गर्न नसक्ने ठोकुवा गरे ।
प्रदेश सरकारले महिलाहरुको लागि ५० प्रतिशत आरक्षण गरेको जानकारी गराउदै उहाले शिक्षा नलिए सम्म उच्छ आरक्षणको समेत फाईदा लिन नसक्ने जिकिर गरे ।
मतिबुल रहमानको अध्यक्षमा भएको उक्त कार्यक्रममा संघीय सांसद एवम् पुर्व मन्त्री मातृका प्रसाद यादव, मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी, जसपा केन्द्रिय सदस्य दिपाक कार्की, प्रदेश सभा सदस्य रामअशिष यादव, जैनुल राईन, मुस्लिम घर्मगुरुहरुले दहेज मुक्त समाज निर्माणका लागि आ(आफ्नो धारणणा व्यक्त गरेका थिए ।
कार्यक्रममा बौद्धिक पेसाकर्मी माहासंघका उपाध्यक्ष जितेन्द्र यादव, जनकपुरधाम उपमहानगर का प्रमुख लालकिशोर साह, उपप्रमुख विभिन्न राजनीति दलका नेता , सामाजिक अभियन्ताहरुको उपस्थिती रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…