जनकपुरः ओरभटेक गर्न खोज्दा मोसा दुर्घटना, एक युवकको घटनास्थलमै मृत्यू, दुई गम्भिर
घाईतेहरुको नाम अझै खुल्न सकेको छैनन् भने दुवै सवारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

२०७८ कार्तिक १९ शुक्रबार, दिउँसो १२:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही मात्र दुरीम रहेको धनुषाको हरैयास्थित मोटरसाईकल (मोसा) दुर्घटना हुँदा एक जनाको मृत्यू भएको खवर प्राप्त भएको छ ।
धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ४ हरैयाटोलस्थित जनकपुर–ढल्केवर ६ लेन सडकमा सो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
शुक्रबार (आज) करिब ११ः३० बजेको समयमा भएको मोटसाईकल दुर्घटनामा परी एक युवकको ज्यान गएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । यद्यपी, प्रहरीले यसलाई पुष्टि गरेको छैन् ।
महेन्द्रनगरबाट ज ८ प ७०७२ र प्रदेश २–०२–००४ प ९०२८ नम्बर को मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यू भएको छ भने अन्य दुई जना गम्भिर घाईते भएका छन् ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार, महेन्द्रनगरबाट R15 मोडेलको गाडी र अर्को एभेन्जर गाडी दुर्घटना भएको हो । एउटै लेनमा तीव्र गतिमा गएको दुवै मोटरसाईकलले एकले अर्कोलाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार, एक युवक गम्भिर घाईते भएको र उनको मृत्यू भएको नभएको बारे जानकारीपछि मात्र भन्न सकिने बताए । सो दुर्घटनामा परी तीन जना युवक गम्भिर घाईते भएको प्रहरीले बताएको छ ।
गम्भिर घाईते भएका युवकलाई उपचारको लागि जनकपुरको प्रादेशिक अस्पतालमा पठाइएको तथा उनको स्थितिबारे अपडेट नभएको बताइएको छ । प्रत्यदर्शीका अनुसार, सो युवकको घटनास्थलमै मृत्यू भएको हो । प्रहरीले उनको मृत्यूको पुष्टि गरेको छैनन् ।
घाईतेहरुको नाम अझै खुल्न सकेको छैनन् भने दुवै सवारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । यसबारे थप विवरण आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…