सशस्त्र प्रहरी सिरहाले गरे अवैध पाटाका नष्ट
यस्तै सशस्त्र प्रहरी बलको टोलीले सिरहा नगरपालिका १८ बाट १० हजार, औरही गाउँपालिका १ दरैहियाबाट २० हजार, लहान नगरपालिका १ बाट ३५ हजार, भगवानपुर गाउँपालिका ४ वाट ७० हजार र सिरहा नगरपालिका १६ माडरबाट २० हजार गरी करिब ३ लाख वढीको पटाका बरामद गरी नष्ट गरीएको उनले बताए ।

२०७८ कार्तिक १७ बुधबार, बिहान ७:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सशस्त्र प्रहरीले भारतबाट नेपाल ल्याउँदै गरेको पटाका बरामद गरी नष्ट गरेको छ ।
सशस्त्र प्रहरी बल सिरहाले जिल्लाको विभिन्न स्थानबाट पटाका बरामद गरी नष्ट गरेको हो । रकेट पटाका, चक्कर, फुलझरी, खुसार्नी, आलु बम लगायतका पटाका बरामद गरी नष्ट गरिएको सशस्त्र प्रहरी बल सिरहाका प्रवक्ता डिएसपी योगेश दहालले बताए ।
लक्ष्मीपुर पतारी गाउँपालिका ३ महेशपुरमा स २ प ८५५४ र स ७ प ३७५ नम्बरको मोटरसाईकलमा भारतबाट ल्याउँदै गरेको पटाका बरामद गरेको थियो । उक्त मोटरसाईकलमा विभिन्न प्रकारका डेढ लाख मूल्यको पाटाका रहेको डिएसपी दहालले बताए ।
यस्तै सशस्त्र प्रहरी बलको टोलीले सिरहा नगरपालिका १८ बाट १० हजार, औरही गाउँपालिका १ दरैहियाबाट २० हजार, लहान नगरपालिका १ बाट ३५ हजार, भगवानपुर गाउँपालिका ४ वाट ७० हजार र सिरहा नगरपालिका १६ माडरबाट २० हजार गरी करिब ३ लाख वढीको पटाका बरामद गरी नष्ट गरीएको उनले बताए ।
तिहार र छठमा पटाका पडकाउन भारतबाट अवैध रुपमा नेपाल भित्र्याउने गरिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…