युवाहरुलाई गुलाम बनाएर मरुभूमिमा पठाउँछन सरकारः डा. सिके राउत
उनले विदेश नगई घरमा चुलो नबल्ने स्थितिमा नेताहरुले नै पुर्याएको भन्दै ती नेताहरुबाट अब सचेत हुनुपर्ने धारणा राखे । जनकपुरमा भ्रष्टाचारको आरोप लगाउँदै कर्मचारीलाई र्दुव्यवहार गरेपछि जनमत पार्टी र अध्यक्ष डा. सीके राउत अहिले चर्चामा छन् ।

२०७८ कार्तिक १४ आइतबार, बिहान १०:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले युवाहरुलाई शिक्षा र रोजगार दिनुका सट्टा सरकारले खाडी मुलुक पठाइरहेकोमा दुःख व्यक्त गरेका छन् ।
सिरहाको कल्याणपुरमा आयोजित जनमत पार्टीको नगरसभा उद्घाटन समारोहमा अध्यक्ष राउतले भने, ‘जन्मदर्ता र अपाङ्ग प्रमाणपत्र बनाउन वडामा जाँदा हजार वा ५ सय लिन्छन् ।
तर सरकारले फ्रि भिसा र टिकट दिएर युवाहरुलाई विदेश जा भन्छन् । शिक्षा र रोजगार दिने सरकारको नीति नै छैन् ।’ उनले युवाहरुलाई गुलाम बनाएर सरकार मरुभूमिमा पठाएको आरोप पनि लगाए ।
विदेश पठाउनुलाई उनले मानव तस्करीको संज्ञा दिए । ३० वर्ष अगाडी नेपाल समृद्ध रहेको दावी गर्दै उनले भने, ‘देश समृद्ध बनाउछ भनेर काँग्रेस, एमाले, माओवादी र जसपालाई सबैले जिताएर पठाएकै हो । तर उनीहरुले केहि गर्न सकेन । झन स्थिति बिगार् यो ।’
उनले विगतमा पेट पाल्न कसैलाई दुबइ, कतार र मलेसिया जस्ता देश जानु पर्दैन्थ्यो भन्दै अहिले पेट पाल्न यूवाहरुलाई विदेश जाने बाध्यता सिर्जना भएको बताए ।
उनले विदेश नगई घरमा चुलो नबल्ने स्थितिमा नेताहरुले नै पुर्याएको भन्दै ती नेताहरुबाट अब सचेत हुनुपर्ने धारणा राखे । जनकपुरमा भ्रष्टाचारको आरोप लगाउँदै कर्मचारीलाई र्दुव्यवहार गरेपछि जनमत पार्टी र अध्यक्ष डा. सीके राउत अहिले चर्चामा छन् ।
सोही कारण जनमत पार्टी बाहेकका नेता कार्यकर्ता पनि राउतको भाषण सुन्न त्यहाँ पुगेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…