महिलालाई आत्मनिर्भर बनाउन अभियानै थाल्नुपर्छः साँसद यादव
संस्थाका अध्यक्ष समाजसेवी राम दास यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सांसद यादव, समाजसेवी डा जागेश्वर यादव, जनकपुरधाम उधोग वाणिज्य संघ का उपाध्यक्ष अम्भु प्रसाद साह, जसपा नगर अध्यक्ष दिनेश प्रसाद यादव, विश्व नाथ गुप्ता,वेचन यादव,छुतहर यादव र सत्येन्द्र चोरबार सहितका वक्ताहरुले आ आफ्नो धारणा राखेका थिए ।

२०७८ कार्तिक १३ शनिबार, राति ९:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ का प्रदेश साँसद एवम समाजसेवी राम अशिष यादवले महिलालाई आत्मनिर्भर बनाउनको लागि अभ्यास थालिएपनि यसलाई निरन्तरता दिन अभियानै चलाउनुपर्ने बताएका छन् ।
देश र प्रदेशको आर्थिक समृद्धि र आर्थिक विकासका लागि महिलाहरु आत्म निर्भर हुनुपर्ने आवश्यकता रहेको कुरामा उनले जोड दिए ।
रुलर डेभलपमेन्ट और्गेनाईजेशनको आयोजना मा सम्पन्न सिलाई कटाई तालिम को समापन कार्यक्रममा सहभागी वक्ताहरुले आत्म निर्भर महिला अभियानबाट ग्रामीण क्षेत्रका महिलाहरू लाभान्वित भैरहेको कुरामा जोड दिएका छन्।
संस्थाका अध्यक्ष समाजसेवी राम दास यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सांसद यादव, समाजसेवी डा जागेश्वर यादव, जनकपुरधाम उधोग वाणिज्य संघ का उपाध्यक्ष अम्भु प्रसाद साह, जसपा नगर अध्यक्ष दिनेश प्रसाद यादव, विश्व नाथ गुप्ता,वेचन यादव,छुतहर यादव र सत्येन्द्र चोरबार सहितका वक्ताहरुले आ आफ्नो धारणा राखेका थिए ।
तिन महिना सिलाई कटाई तालिममा चोरा कोयलपुर र मतौना गाउँ का ३० जना महिलाहरूको सहभागिता रहेको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…