जनमतको मशाल जुलुसमा प्रहरीको दमन, आधा दर्जन कार्यकर्ता घाईते
जनकपुरधाममा जनमत पार्टीका अध्यक्ष सीके राउतको घर अगाडि सडक नबनाएको भन्दै संघीय ढल तथा खानेपानी आयोजनाका प्रमुख राजेश कुशवाहालाई जनकारवाही गर्दा राउतका पक्राउ गरिएका ११ जना कार्यकर्ताको रिहाईको माग गर्दै पार्टीले चरणवद्ध आन्दोलनको घोषणा गरेको छ ।

२०७८ कार्तिक १३ शनिबार, बिहान ९:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका कार्यकर्ताले निकालेको मसाल जुलुसको क्रममा नेपाल प्रहरीले गरेको हस्तक्षेपमा आधा दर्जन भन्दा बढी घाइते भएका छन् ।
जनमत पार्टीको पूर्व घोषित कार्यक्रम अनुसार शुक्रवार तराई–मधेशका विभिन्न जिल्लामा निकालेको मसाल जुलुस अन्र्तगत रौतहट जिल्लामास्थित प्रदर्शनको क्रममा प्रहरीले गरेको हस्तक्षेपमा पार्टीका ८ जना भन्दा बढी कार्यकर्ता घाइते भएको छ ।
मसाल जुलुसको क्रममा जनकपुरधाममा पनि प्रहरी र जनमत पार्टीका कार्यकर्ताहरुबीच समान्य झडप भएको थियो ।
त्यस्तै सप्तरी, सिरहा, सर्लाही लगायतका जिल्लाहरुमा पनि प्रहरीले मसाल जुलुसको क्रममा प्रहरीले दमन सहित हस्तक्षेप गरेको छ ।
प्रहरीले लाठी प्रहार गर्दा रौतहटमा आठ जना भन्दा बढी कार्यकर्ता घाइते भएको जिल्ला सचिव विकास कुमार यादवले दावी गरेपनि प्रहरीले २ जना घाइते भएको जानकारी दिएको छ ।
घाइतेहरुको जिल्ला अस्पताल गौरमा उपचार भई रहेको र अवस्था सामान्य रहेको जिल्ला अस्पताल गौरले जनाएको छ ।
जनकपुरधाममा जनमत पार्टीका अध्यक्ष सीके राउतको घर अगाडि सडक नबनाएको भन्दै संघीय ढल तथा खानेपानी आयोजनाका प्रमुख राजेश कुशवाहालाई जनकारवाही गर्दा राउतका पक्राउ गरिएका ११ जना कार्यकर्ताको रिहाईको माग गर्दै पार्टीले चरणवद्ध आन्दोलनको घोषणा गरेको छ ।
बेलुकी ५ बजे देखि प्रदर्शनमा उत्रेका जनमतका कार्यकर्ताहरु प्रहरी प्रसासन विरुद्ध पनि नारावाजी गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…