मधेसीको भेषमा रहेको बहुरुपियाको पहिचान गरि बहिष्कार गरौँ : महतो
कार्यक्रम सम्पन्न भएको कार्यक्रम वरिष्ठ नेता राजेन्द्र महतो र शरद सिंह भण्डारी लगायत लोसपाको दिग्ज नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै लोसपाका राष्ट्रिय अध्यक्ष तथा प्रमुख अतिथि महन्थ ठाकुरले मधेशी जनतासंग राज्यले विभेद गरेको बता

२०७८ कार्तिक ११ बिहीबार, राति ९:३८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का बरिष्ठ नेता राजेन्द्र महतोले मधेशीको भेषमा रहेको बहुरुपियालाई पहिचान गरी बहिष्कार गर्नुपर्ने बताएका छन् ।
सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर ५ स्थित लोकतान्त्रिक समाजवादी पार्टीको शुभकामना अदानप्रदान कार्यक्रममा बोल्दै नेता महतोले बहुरुपियाको पहिचान गर्नु आवश्यक रहेको बताए ।
सो क्रममा बोल्दै नेता महतोले मधेशमा अहिले मधेशीयाको भेषमा बहुरुपियाहरुको चहलपहल बढेको बताउँदै यस्ताहरुलाई बष्हिकारको आवश्कयता रहेको बताए । मधेशी जनताहरुसँग विभिन्न समयमा गद्दारी गर्ने बहुरुपियालाई पहिचान गर्न आग्रह गरे ।
महतोले विभिन्न राजनीतिक कालखण्ड पार गर्दै पार्टीको नाम फेरिदै लोसपा गठन भएको बताए। विभिन्न राजनीतिक समय परिस्थिति र चुनौतीका कारण पार्टीको नाम फेरिएपनी पार्टीको मुख्य उदेश्य र माग देशमा मधेसीको सम्मान मान ईज्जत र अधिकार नै रहेका छन, महतोले भने ।
मधेसीको सम्मान हक अधिकार, सुखी र समृद्व मधेसका लागि मधेसमा मधेसी अनुहारको भेषमा छुपेर रहेका बहुरुपियाको पहिचान गरि मधेसमा बहिष्कार गर्नुपर्ने बताए ।
लोसपाका नेता सुरेन्द्र यादवको अध्यक्षता तथा लोसपाका अध्यक्ष महन्थ ठाकुरको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा नेताहरुले मधेशीलाई ठग्ने दललाई पनि पहिचान गर्न आग्रह गरे ।
कार्यक्रम सम्पन्न भएको कार्यक्रम वरिष्ठ नेता राजेन्द्र महतो र शरद सिंह भण्डारी लगायत लोसपाको दिग्ज नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै लोसपाका राष्ट्रिय अध्यक्ष तथा प्रमुख अतिथि महन्थ ठाकुरले मधेशी जनतासंग राज्यले विभेद गरेको बताए ।
“राज्यको विभेद विरुद्ध हाम्रो लडाई जारी रहने छन, ठाकुरले भने । हाम्रो अधिकारको लडाईमा सबै मधेसीको जनता एक हुनुपर्नेमा समेत जोड दिए।”
।
होस नारायण सिंहले संचालन गरेको सो कार्यक्रममा गोडैता नगरपालिकाका मेयर देवेन्द्र यादवले स्वागत मन्तव्य राखेपछि कार्यक्रमको सुरुवात भएको थियो ।
कार्यक्रममा संघिय सांसद चन्दा चौधरी, पूर्व संविधान सभा सदस्य केदार नन्दन चौधरी, पूर्व प्रदेश मन्त्री जितेन्द्र सोनल, अभिराम शर्मा, डिम्पल झा, प्रदेश सभा सदस्य उपेन्द्र महतो, गौरीनारायण साह, निलम देवी भुमिहारनी, रानी शर्मा तिवारी, जिल्ला संयोजक रामप्रसाद राय, बलरा नगरपालिका प्रमुख अभय सिंह, चन्द्रनगर गाउँपालिका अध्यक्ष महेन्द्र महतो, पार्टी नेता प्रदिप नारायण यादव, अरुण सिंह, राकेश मिश्र, विधार्थी नेता मनिष मिश्रा, केन्द्रिय सदस्य नागेश्वर महतो, संचारकर्मी लगायत नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…