जनकारवाहीको लागि हिमाल र पहाडबाट पनि फोन आईरहेकोछ, गर्व लाग्छः डा. सिके राउत
उनले आफूहरुले प्रमाणसहित अख्तियारमा उजुरी दिएको पनि सुनाए ।

२०७८ कार्तिक ११ बिहीबार, बिहान १०:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफूहरुले कहिले हिंसात्मक गतिविधि गरेका थियौं ? भनेर प्रश्न गरेका छन् ।
उनले भने,‘हामीसँग कहिले हतियार थियो र ? राज्यले पो त हाम्रो मान्छेको हत्या गरेको हो नि । राज्यले हाम्रो मान्छेलाई समातेर हिरासतभित्र हत्या गरेको हो । हामीले त बदलामा फूल दिएका थियौं ।’
बुधबार राति काठमान्डौबाट प्रसारण हुने प्राइम टिभीबाट प्रसारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा उनले जनकपुरमा खानेपानीका प्रमुखमाथि जनकारबाही गरेको स्पष्ट पारेका छन् ।
आफूहरुले कानून हातमा नलिएको उनको भनाई छ । उनले अहिले आफूलाई हिमाल र पहाडबाट यतापनि आउनुपर्यो र भ्रष्टाचारीलाई जनकारबाही गर्नुपर्छ भनेर फोन आएको सुनाए ।
यदि यही तवरले सुरक्षाकर्मीले हत्यारालाई संरक्षण गरिरहे जनताले भोलि प्रतिकार गर्नसक्ने पनि उनको चेतावनी छ ।
उनले आफूहरु न्यायको पक्षमा उभिँदै आएको स्मरण गराए । जनकपुरमा जागेश्वर कुशवाहले करोडौं करोड भ्रष्टाचार गरेको उनको दाबी छ ।
उनले आफूहरुले प्रमाणसहित अख्तियारमा उजुरी दिएको पनि सुनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…