वडाध्यक्ष तुफानलाई पक्राउ पूर्जी जारी, पदबाट निलम्बनको लागि पत्राचार
वडाअध्यक्ष अन्सारी भने फरार छन् । उनको खोजी भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

२०७८ कार्तिक ११ बिहीबार, बिहान ७:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । प्रदेश नम्बर २ का एक स्थानीय तहका एक वडाध्यक्षलाई पक्राउ पूर्जी जारी गरिएको छ ।
प्रदेश नम्बर २ को पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष तुफान अन्सारीविरुद्ध जिल्ला प्रहरी कार्याल्य पर्साले पक्राउ पुर्जी जारी गरेको छ ।
झुण्डिएर मृत्यु भएको युवतीको शब गोप्य रुपमा गाड्न लागेको घटनामा सहयोग गरेकोले उनलाई जिल्ला प्रहरी कार्याल्य पर्साले पक्राउ पुर्जी जारी गरेको छ ।
यता, जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ पुर्जी जारी गरेपछि उनको वडाअध्यक्षको पदबाट निलम्बन गर्न वीरगञ्ज महानगरपालिकाले जिल्ला प्रहरी कार्यालयमा पत्र समेत पठाइसकेको पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।
वडाअध्यक्ष अन्सारी भने फरार छन् । उनको खोजी भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
यता, जसपा वीरगञ्ज महानगर कमिटिले एउटा प्रेस विज्ञप्ति जारी गर्दै वडाध्यक्ष अन्सारीलाई फसाइएको आरोप लगाउँदै विरोध जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…