माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यू, पाँच जना घाईते 

यस घटनाबारे अनुसन्धान थालिएको र मृतकलाई पोष्टमार्टमको लागि अस्पताल पठाउने तयारी गरिएको बताईएको छ । 

२०७८ कार्तिक १० बुधबार
दिउसो २:३४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित माटोको ढिस्को (धसना) मा परी एक बालिकाको मृत्यू भएको छ भने अन्य पाँच जना घाईते भएकी छिन् । 

दिपावलीमा घर लिपपोत गर्न आमासँग माटो लिन गएका धनगढीमाई नगरपालिका वडा नम्बर ५ जयपुरका प्रकाश कामतकी ११ वर्षिया छोरी करिश्मा कुमारीको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।

दिपावली पर्व नजिकिंदै गर्दा घर लिपापोती गर्न गाउँ देखि २ सय मिटर परको मैट खुन्मा (माटो लिने ठाउँ) ढिस्को खसेर पुरिएका उनको स्थानीयले निकाल्ने प्रयास गरेपनि उनलाई जिवितै उद्धार गर्न भने सकिएनन् । करिश्माको घटनास्थलमै मृत्यू भएको जनाइएको छ । 

माटो खन्दै गर्दा माथिबाट खसेको माटोको ठुलो डल्लोले चोटलागेर करिश्माकी आमा ममता देवी कामैत समेत घाईते भएकी हुन । उनको स्थानीय पोलीक्लिनिकमा उपचार भईरहेको जनाईएको छ ।

त्यसैगरी, ढिस्कोमा परी स्थानिय महिन्द्र महतोकी ७ वर्षीय छोरी सरिता महतो, राजकुमार यादबकी ७ वर्षीया छोरी सविता यादब, २६ वर्षिय सीता देवी कामैत र इन्द्रदेव कामैतकी १० वर्षिय छोरी रुवि कामत घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुभाष बुढाथोकीले जानकारी दिए । 

घाइतेहरुमध्ये राजकुमार यादवकी १० वर्षिय छोरी सविताको स्थानीय स्तरमा उपचार सम्भव नभएपछि थप उपचारको लागि विराटनगर लगिएको छ । 

यस घटनाबारे अनुसन्धान थालिएको र मृतकलाई पोष्टमार्टमको लागि अस्पताल पठाउने तयारी गरिएको बताईएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

धनुषाको नगराईन नगरपालिकामा भोली सार्वजनिक विदा 

  • २०७८ कार्तिक १० बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । दक्षिणी धनुषाको नगराईन नगरपालिकामा भोली सार्वजनिक विदा दिएको छ ।  नगराईन नगरपालिकाका नगर प्रमुख विनय कुमार यादवले एक सूचना जारी गर्दै भोली सोमबार माघ ८ गते एक

पूरा पढ्नुहोस्

Bureau Menus