कमला नगरपालिकामा गर्भवति, सुत्केरी महिला र बालबालिकालाई पौष्टिक आहार वितरण सुरु
विहिबार वडा नं. ५ को लक्कडस्थित वडा कार्यालय र वडा नं. ६ को वडा कार्यालयमा पौष्टिक आहार वितरण हुनेछ भने शुक्रबार १२ गते वडा नं. ७ को वडाकार्यालय र वडा नं. को स्वास्थ्यचौकी हरिनेमा पौष्टिक आहार वितरण कार्यक्रम रहेको छ । शनिबार १३ गते स्वास्थ्यचौकी दुबरकोटस्थित वडा नं. ९ को गर्भवति महिला, सुत्केरी महिला र ६ देखि २३ महिनासम्मको बालबालिकाहरुलाई पौष्टिक आहार वितरण गरिनेछ ।

२०७८ कार्तिक ९ मंगलबार, राति ९:११ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा मँगलबारदेखि गर्भवति महिला र सुत्केरी महिलालाई पौष्टिक आहार वितरण कार्यक्रम सुरु गरेको छ ।
मँगलबार कमला नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्र कुमार सढानले वडा नम्बर २ मा गर्भवति एवम् सुत्केरी महिलालाई पौष्टिक आहार वितरण गरी कार्यक्रम प्रारम्भ गरेका छन् ।
६ महिनादेखि २३ महिनासम्मको बालबालिकालाई मध्यनजर गरी सुत्केरी सहित गर्भवति महिलालाई समेत पौष्टिक आहार वितरण कार्य सुरु गरेको हो । सोको लागि अन्तराष्ट्रिय सँस्था युएन तथा डब्लु.एफ.पीको सहकार्यमा लाईफ नेपाल नामक गैर सरकारी समाजिक सँस्थाद्धारा पौष्टिक आहार वितरण सुरु गरिएको हो ।
स्वास्थ्यकर्मी समेत रहेका अधिकृत सढानले वितरण कार्यक्रममा उपस्थित रहेकी गर्भवपति महिला, सुत्केरी महिला सहित बालबालिकालाई लिएर आएकी परिवारजनलाई उनको स्वास्थ्य र मातृ स्वास्थ्यको बारेमा सचेतना समेत दर्साए ।
पौष्टिक आहारको महत्वको बारेमा बोल्दै अधिकृत सढानले यसअघि नै सार्वजनिक सूचना गरी कोही पनि नछुटाउनको लागि आग्रह गरेको बताए । मँगलबार वडा नं. २ को माचि झिटकैया, सराबे, बिजुलिया, तेलियाहा र सुन्दरबाट गर्भवति महिला, सुत्केरी महिला सहित २३ महिनासम्मको बालबालिकाहरुलाई लिएर परिवारजनले पोष्टिक आहार लिएका हुन् ।
मँगलबार वडा नं. १ र २ मा वितरण गरिएको जनाउँदै अधिकृत सढानले भोली बुधबार विहान १०ः३० बजेदेखि नै वडा नम्बर ३ को कार्यालय तथा वडा नं. ४ को स्वास्थ्यचौकी सघारामा वितरण गरिनेछ ।
विहिबार वडा नं. ५ को लक्कडस्थित वडा कार्यालय र वडा नं. ६ को वडा कार्यालयमा पौष्टिक आहार वितरण हुनेछ भने शुक्रबार १२ गते वडा नं. ७ को वडाकार्यालय र वडा नं. को स्वास्थ्यचौकी हरिनेमा पौष्टिक आहार वितरण कार्यक्रम रहेको छ । शनिबार १३ गते स्वास्थ्यचौकी दुबरकोटस्थित वडा नं. ९ को गर्भवति महिला, सुत्केरी महिला र ६ देखि २३ महिनासम्मको बालबालिकाहरुलाई पौष्टिक आहार वितरण गरिनेछ ।
सो क्रममा कमला नगरपालिकाका स्वास्थ्य शाखा सँयोजक सत्यनारायण ठाकुर, वडा नं. २ का स्वास्थ्चौकीका एच.ए. रामकुमार ठाकुर, भरोसी ठाकुर, मिरा मण्डल लगायतका स्वास्थ्यकर्मीहरुले सक्रिय सहयोग गरेका थिए ।
यसका साथै, लाईफ नेपालका पदाधिकारीहरुले समेत महिलाहरुलाई सहयोग गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…