कोरोनाले मलेसियामा ज्यान गुमाएका महतो परिवारलाई समाजसेवीहरुको सहयोग 

२०७८ कार्तिक ६ शनिबार
रति ८:५० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जलेश्वर ।  वैदेशिक रोगजारीकै क्रममा करिव ६ महिना अगाडी मलेसियामा कोरोनाले थला परि मृत्युवरण गरेका  सम्सी गाउपालिका ४ गैढा भेटपुरका रामदेव महतोको परिवारलाई आर्थिक र खाद्यान्न सहयोग गरिएको छ ।

वैदेशिक रोजगारीमै रहेका युवाहरुले उनको परिवारको कन्तविजोग वारे थाहा पाएपछि मृतक महतोको परिवारको लागि सहयोग जुटाई दिएका हुन । 

स्थानिय युवा राम ध्यान यादवले सामाजिक संजाल तथा अन्य विभिन्न माध्यमले मृतक महतोको परिवारको आर्थिक विपन्नता सार्वजनिक गरेपछि युवाहरुले उक्त सहयोग संकलन गरि पठाएका हुन ।

समाजसेवी सविता यादव समेतको उपस्थितिमा मृतक महतोको परिवारलाई स्थानिय युवा यादवकै हातबाट ७७ हजार नगद र करिव ९ हजार बरावरको खाद्यान्न सहयोग गरिएको छ । उक्त सहयोग सामग्री र रकम महतोकि श्रीमति फुलपरी देवीलाई दिइएको हो ।

दुई छोरी र एक छोरा क्रमश ६,४ र २।६ वर्षको रहेको महतो परिवार आर्थिक रुपमा निक्कै कष्टमा रहेकोमा उक्त रकमले सानो तिनो व्यापार गरि जिविकोपार्जन गर्न मद्दत पुग्ने भन्दै रकम हस्तान्तरण गरिएको हो ।

समाजसेवी सविता यादवले समेत घरमै कुनै पसल वा सिप सिकेर घरको आर्थिक खर्च पुग्ने गरि व्यापार गर्न सकिने बताउदै आर्थिक सहयोग गरेका युवाहरुलाई धन्यवाद दिएकि थिईन । 

उनले भनिन,“हाम्रो समाजमा एकजना पिडित खोज्दा हजार भेट्ने गरेको र तिनको पिडा बुझेर उनको घाउमा मलम लगाईदिने सहयोगी हातहरु लाखौ हुने गरेकामा सवै मिलेर भुमिका खेलिरहेकोमा यसले समाजकै काम गर्न थप उर्जा थपेको बताईन । ”

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०७८ कार्तिक ६ शनिबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus