सर्लाहीका सिडिओ महतो पनि हटाइए, नयाँ सिडिओमा खतिवडा आउँदै
आइतबार सर्लाहीबाट प्रहरी उपरिक्षक (एसपी) सन्तोषसिंह राठौर र सशस्त्रका एसपी गंगाराम श्रेष्ठको पनि सरुवा गरिएको थियो ।

२०७८ कार्तिक ८ सोमबार, बिहान १०:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रहेका राम कुमार महतोलाई सरुवा भएको छ ।
गृह मन्त्रालयले सर्लाहीमा प्रमुख जिल्ला अधिकारीमा सह–सचिव बाबुराम खतिवडालाई पठाएको छ । सर्लाहीमा कार्यरत राम कुमार महतोलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
नेपाल प्रहरी र शसस्त्र प्रहरीका एसपीसँग प्रमुख जिल्ला अधिकारीले तास खेलेको भिडियो बाहिरिएपछि उनीहरुलाई सरुवा गरिएको श्रोतले जनाएको छ ।
आइतबार सर्लाहीबाट प्रहरी उपरिक्षक (एसपी) सन्तोषसिंह राठौर र सशस्त्रका एसपी गंगाराम श्रेष्ठको पनि सरुवा गरिएको थियो । प्रहरी प्रधान कार्यालयले रठौरको ठाउँमा एसपी कृष्ण प्रसाईलाई पठाएको छ ।
सशस्त्र प्रहरीको सर्लाही स्थित १० नम्बर गणका प्रमुख एसपी गंगाराम श्रेष्ठलाई गणको प्रमुखबाट हटाएर गढीमाई बाहिनीमा कार्यरत भरत खनियालाई त्यहाँ पठाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…