जनकपुरः घाँस काट्न गएकी महिलाको गहना लुटन घाँटी रेटेर मार्ने प्रयास 

२०७८ कार्तिक ५ शुक्रबार
रति ८:४८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । खेतमा घाँस काट्न गएकी एक महिलालाई गहना लुटन घाँटी रेटने प्रयास भएको छ । 

शुक्रबार बिहान ११ बजे घाँस काट्न चौरमा गएकी धनुषाको विदेह नगरपालिका ६ गिद्धा बस्ने रामबहादुर मण्डलकी श्रीमती ५५ वर्षीया जमुन देवीको छुराले घाँटी रेटेर हत्या गर्ने प्रयास भएको हो। 

जमुनदेवीले खुट्टामा लगाएको चाँदीको काँरा खोस्न छुराले उनको घाँटी रेटेर हत्या गर्ने प्रयास भएको प्रहरीचोकी तिनकौरियाले जनाएको छ। 

प्रहरीका अनुसार सोही टोल बस्ने भुट्टा चोरको नामले चर्चित ३५ वर्षका रामभजन महतोले चाँदीको काँरा खोस्न महिलाको छुराले घाँटी रेटेर हत्या प्रयास गरेका हुन्। 

स्थानीयले समयमै देखेपछि उनी छाडेर फरार भएका छन्। घाइते महिलाको उपचारको लागि प्रादेशिक अस्पताल भर्ना गरिएको छ। 

घाँटी रेटेर फरार महतोको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

  • 0%
  • 0%
  • 0%
  • 25%
  • 75%
  • 0%

इजरायलमा रहेका नेपालीलाई दुतावासको अनुरोधः घरबाट बाहिर कोही ननिस्कनु

  • २०७८ कार्तिक ५ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  इरानले इजरायलमाथि आक्रमण सुरु गरेपछि तेलअभिभस्थित नेपाली दूतावासले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ । दूतावासले एक सूचना जारी गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई स्थानीय

पूरा पढ्नुहोस्

Bureau Menus