जनकपुरः घाँस काट्न गएकी महिलाको गहना लुटन घाँटी रेटेर मार्ने प्रयास
प्रहरीका अनुसार सोही टोल बस्ने भुट्टा चोरको नामले चर्चित ३५ वर्षका रामभजन महतोले चाँदीको काँरा खोस्न महिलाको छुराले घाँटी रेटेर हत्या प्रयास गरेका हुन्।

२०७८ कार्तिक ५ शुक्रबार, राति ८:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । खेतमा घाँस काट्न गएकी एक महिलालाई गहना लुटन घाँटी रेटने प्रयास भएको छ ।
शुक्रबार बिहान ११ बजे घाँस काट्न चौरमा गएकी धनुषाको विदेह नगरपालिका ६ गिद्धा बस्ने रामबहादुर मण्डलकी श्रीमती ५५ वर्षीया जमुन देवीको छुराले घाँटी रेटेर हत्या गर्ने प्रयास भएको हो।
जमुनदेवीले खुट्टामा लगाएको चाँदीको काँरा खोस्न छुराले उनको घाँटी रेटेर हत्या गर्ने प्रयास भएको प्रहरीचोकी तिनकौरियाले जनाएको छ।
प्रहरीका अनुसार सोही टोल बस्ने भुट्टा चोरको नामले चर्चित ३५ वर्षका रामभजन महतोले चाँदीको काँरा खोस्न महिलाको छुराले घाँटी रेटेर हत्या प्रयास गरेका हुन्।
स्थानीयले समयमै देखेपछि उनी छाडेर फरार भएका छन्। घाइते महिलाको उपचारको लागि प्रादेशिक अस्पताल भर्ना गरिएको छ।
घाँटी रेटेर फरार महतोको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…