जनकपुरः ६ बर्षिय बालिकालाई बलात्कार प्रयास गर्ने एक प्रोफेसर पक्राउ
आरोपित प्रोफेसर जनकपुरधाम–८ स्थित श्री हजारी जनक विद्यालयका प्राध्यापक हुन् । आरोपितकै घरमै डेरा गरि बस्दै आएकी बालिकालाई बलात्कार प्रयास गरि रहेको अवस्थामा आमाले हेरेपछि घटना बाहिरिएको हो ।

२०७८ कार्तिक ५ शुक्रबार, राति ८:०८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । ६ वर्षीया बालिकालाई यौन दुव्र्यवहार आरोपमा जनकपुरधामका एक प्राध्यापकलाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम उपमहागनरपालिका वडा नम्बर ८ बस्ने ४५ वर्षीय प्रोफेसरलाई शुक्रबार विहान पक्राउ गरिएको हो । बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा उनलाई पक्राउ गरिएको बालिकाको परिवारले बताएको छ ।
बालिकालाई बलात्कार प्रयास गर्ने आरोपित प्रोफसरलाई जनकपुरधाम वडा नम्बर ८ का प्रहरी चौकी बलवाले शुक्रबार बिहान गिरफतार गरेको छ ।
आरोपित प्रोफेसर जनकपुरधाम–८ स्थित श्री हजारी जनक विद्यालयका प्राध्यापक हुन् । आरोपितकै घरमै डेरा गरि बस्दै आएकी बालिकालाई बलात्कार प्रयास गरि रहेको अवस्थामा आमाले हेरेपछि घटना बाहिरिएको हो ।
पीडित बालिकाले आफुलाई धाक, धम्की दिएर आमा, वुवा कसैलाई नभन्न दवाव दिदै आएको पिडित बालिकाको वुवाले बताए ।
प्रहरीचौकी बलवाले आरोपितलाई गिरफतार गरि आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाएको वलवा प्रहरीचौकीका असई राजकुमार साहले बताए ।
बालिकालाई स्वास्थ्य परिक्षणका प्रादेशिक अस्पताल जनकपुरमा गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…