डा. सिके राउतको प्रभावः काम नगर्ने ठेकेदारलाई तुरुन्त काम गर्न धमाधम पत्र काटदै
उक्त सडक निर्माणको काम पुरा गर्न जनमत पार्टी सप्तरीले कार्यालयलाई आग्रह गरेको थियो।

२०७८ कार्तिक ५ शुक्रबार, बेलुकी ७:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले काम नगर्ने र भ्रष्टाचार गर्ने जनप्रतिनिधि तथा प्रशासकहरुलाई कारवाही स्वरुप ‘जनकारवाही’ अभियान चलाएपछि विभिन्न कार्यालयका प्रमुखहरुले धामधम काम अगाडि बढाएका छन्।
जनमत पार्टीका कार्यकर्ताहरुले विहीबार जनकपुरधामस्थित खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुख राजेश्वर कुसवाहालाई जनकारवाही गरेपछि अन्य कार्यालयका प्रमुखहरु काम अगाडि बढाउन सक्रिय भएका छन्।
विहीबारको कारवाहीबाट प्रभावित बनेको सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरीले शुक्रबार ठेक्केदारलाई तीन दिने अल्मिेटमसहितको पत्र काटेको छ।
सप्तरीको राजविराज नगरपालिका २ मा महिनौंदेखि निर्माणाधिन सडकको काम अलपत्र छोडेका ठेक्केदारलाई शुक्रबार का।मु।आयोजना प्रमुख सुरेन्द्र कुमार साहले कारवाही गर्ने चेतावनीसहितको पत्र काटेको हो।

उक्त सडक निर्माणको काम पुरा गर्न जनमत पार्टी सप्तरीले कार्यालयलाई आग्रह गरेको थियो।
आयोजनाका का।मु।प्रमुख साहले काटेको पत्रमा ठेक्केदार कान्छारामरडाँफे जे।भिलाई तीन दिनभित्र अलपत्र काम पुरा गर्न भनिएको छ। काम पुरा नगरेको खण्डमा जमानत तथा अग्रिम जमानतको रकम झिकाई कारवाही गर्ने चेतावनी दिइएको छ।
यससँगै सप्तरीका अन्य कार्यालयहरुलाई पनि पत्राचार गरिएको र उनीहरुले पनि छिटोछिटो रिस्पोन्स गरिरहेको जनमत पार्टीका नेताहरुले जनाएका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…