डा. सिके राउतलाई पक्राउ गरी लाईसेन्स खारेज गर्नुपर्छः ईन्जिनीयर्स एशोसिएशन
एशोसिएशनले भोलीदेखि निरन्तर रुपमा जनमत पार्टीको विरोधमा आन्दोलन समेत गर्ने जनाएको छ । यसको लागि सबैलाई एकजुट भई आन्दोलनको लागि भोली बिहान १० बजे कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ ।

२०७८ कार्तिक ४ बिहीबार, राति ८:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउत र उनका कार्यकर्तालाई पक्राउ गर्न नेपाल ईज्निीयर्स एशोसिएशनले माग गरेको छ ।
एशोसिएशनले विहिबार अपरान्ह एक प्रेस विज्ञप्ति जारी गर्दै जनकपुरधामस्थित रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयका आयोजना प्रमुख ईन्जिनीयर राजेश कुशवाहालाई दुरव्यवहार गरेको भन्दै पक्राउ गर्न माग गरेको हो ।
विहिबार जनमत पार्टीका कार्यकर्ताहरुले ईन्जिनीयर कुशवाहालाई हिलो छयापेर नगर परिक्रमा गराएको थियो । उनीहरुले ईन्जिनीयर कुशवाहालाई कपडा च्यातेर जनकपुरभरि घुमाएका थिए ।

सोको विरोधमा एशोसिएशनले आफू समेत ईन्जिनीयर रहेका डा. राउत र सो कार्यमा सँलग्न उनका कार्यकर्ताहरुलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरिएको हो ।
एशोसिएशनका प्रादेशिक केन्द्रका सभापति ईन्जिनीयर नन्द किशोर यादव तथा सचिव ई. अजित कुमार यादवको सँयुक्त विज्ञप्तिमा डा. राउतको ईन्जिीनियरिँग परिषद्को दर्ता समेत खारेजीको माग गएिको हो ।
एशोसिएशनले भोलीदेखि निरन्तर रुपमा जनमत पार्टीको विरोधमा आन्दोलन समेत गर्ने जनाएको छ । यसको लागि सबैलाई एकजुट भई आन्दोलनको लागि भोली बिहान १० बजे कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ ।
विहिबार जनमत पार्टीका कार्यकर्ताहरुले विभिन्न समयमा ध्यानाकर्षण गराएपनि ढल निकासको लागि ध्यान नदिएको भन्दै कार्यालयबाट तानेर कुटपिट गर्नुको साथै कपडा च्यातेर अर्धनँगा पारी जनकपुर बजार घुमाएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…