बँगलादेशका ईस्लामिक जिहादी विरुद्ध वीरगँजमा विश्व हिन्दु परिषदको प्रदर्शन
सो क्रममा उनीहरुले बँगलादेशकी प्रधानमन्त्री शेख हसिनाको पुतला समेत दहन गरेको हो ।

२०७८ कार्तिक ३ बुधबार, बेलुकी ६:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । प्रदेश नम्बर २ को आर्थिक नगरी वीरगँजमा विश्व हिन्दु परिषदले बँगलादेश हिँसाप्रति विरोध प्रदर्शन गरेको छ ।
वीरगँजमा बुधबार अपरान्ह निकालिएको रयालीमा विश्व हिन्दु परिषदका सदस्यहरुले बँगलादेशमा ईस्लामिक जिहादीहरुले हिन्दुहरुको घर जलाएको तथा देवी देवताको मूर्ति तोडफोड गरेको विरोधमा प्रदर्शन गरेका छन् ।
वीरगँजको माईस्थान मन्दिरदेखि सुरु भएको विरोध रयाली आदर्शनगर सहित विभिन्न चोक हुँदै घण्टाघरस्थित गएर कोण सभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै विश्व हिन्दु परिषदका सदस्यहरुले बँगलादेशमा ईस्लामिक जिहादीहरुले हिन्दु धर्मावलम्बीहरुको मन्दिर, मठ र घरमा तोडफोड गरेको भन्दै उनीहरुलाई कारवाही हुनुपर्ने भने ।
सो क्रममा उनीहरुले बँगलादेशकी प्रधानमन्त्री शेख हसिनाको पुतला समेत दहन गरेको हो । प्रधानमन्त्री हँसिनाले ईस्लामिक जिहादीलाई कारवाही गर्न नसकेको भन्दै दबाब स्वरुप पुतला दहन गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…