मातामय मधेश

मधेशमा तीन दिन दुर्गाको खोईच भराई, राजदेवीमा आजै खँसी चढने 

 पण्डित सन्तोषकै तर्कसित जनकपुरधाम मुरली चोकका पण्डितहरु सहमत देखिन्छन् ।

२०७८ असोज २७ बुधबार
बिहान ०८:२४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मिथिला मधेशमा दुर्गा भवानीको ‘र्खोइछ’ भर्ने बिधि अत्यन्त महत्वपूर्ण मानिन्छ । सप्तमीको साँझदेखि नै ‘र्खोइछ’ भर्ने चलन नै चले अनुसार मंगलवार ग्रामिण भेगमा र कतिपयले राजदेवी मन्दिरमा समेत भरेका छन् ।

 महिलाहरुले अत्यन्त निष्ठापूर्वक उपवासबसी दुर्गाको ‘र्खोइछ’ भर्छन् ।यस वर्ष तिथिको हेरफेरले ‘र्खोइछ’ भर्ने विषयमा एकमत देखिएको छैन् ।

सप्तमीको बेल टुटेपछि परम्परागत रुपमा व्रतालु महिलाहरुले ‘र्खोइछ’ भरेका छन् । तर पण्डितहरुका अनुसार राजदेवी मन्दिरमा मंगलवार मध्यरातीपछि ‘र्खोइछ’ भर्न सकिनेछ । 

तर कतिपय पण्डितहरुले बुधवार बिहानदेखि नै ‘र्खोइछ’ भर्ने बताएका छन् । राजदेवी मन्दिरमा मंगलवार रातीबाट औपचारिक रुपमा नै ‘र्खोइछ’ भर्ने कार्यक्रम प्रारम्भ हुने महाबीर युवा कमिटीका पूर्व अध्यक्ष विनोद चौधरीले जनाए ।

‘केहि श्रद्धालुहरुले मंगलवार दिउँसोपनि ‘र्खोइछ’ भरेका छन्’ उनले भने, तर मन्दिरको तर्फबाट मंगलवार मध्यारातीदेखि ‘र्खोइछ’ भर्ने कार्य प्रारम्भ हुनेछ । आचार्य पण्डित सन्तोष पाण्डेयका अनुसार अष्टमी प्रारम्भ भएपछि ‘र्खोइछ’ भर्न सकिनेछ ।

 ‘मिथिलामा छोरी बिदाईको बेला ‘र्खोइछ’ दिने मान्यता छ ’पण्डित पाण्डेयले भने, त्यसअनुसार ‘र्खोइछ’ को कार्यक्रम नवमीको दिन हुनुपर्छ ।तर मान्यता चलन अनुसार अष्टमीको ‘र्खोइछ’ भर्ने गरिन्छ ।

 पण्डित सन्तोषकै तर्कसित जनकपुरधाम मुरली चोकका पण्डितहरु सहमत देखिन्छन् । मुरली चोकमा बुधबार राती ३ बजेदेखि बिहिबार बिहान १० बजे सम्म ‘र्खोइछ’ भरिनेछ । पण्डितहरुबीच एकमत हुन नसक्दा तीन दिन नै ‘र्खोइछ’ भर्ने कार्यक्रम चल्ने छ ।

हुनत कतिपय पण्डितले स्थानको चलन अनुसार ‘र्खोइछ’ भर्ने कार्यक्रमगर्दा कुनै क्षति नहुने तर्क गर्छन् । घटस्थापनाको दिन दुर्गा भवानी माइत आउने र विजयादशमीको दिन घर फर्किने धार्मिक मान्यता रहेको छ ।

छोरी माइत आउँदा र विदाईको बेला मिथिलामा गरिने बिधिहरु दुर्गा भवानीको बिदाईमा पनि गरिन्छ । तर यो प्रकृया धार्मिक भएकाले भिन्न हुन्छ । आजको जनकपुरटुडेमा समाचार प्रकाशित छ । 

धनुषामै विभिन्न ठाउँमा कतै खोईच भराई आजै विहानदेखि सुरु भएको छ भने कुनै कुनै ठाउँमा आज राती (विहिबार) देखि मात्र सुरु हुने बताइएको छ । धनुषाको सबैलास्थित रहेको दुर्गा शक्तिपीठस्थित आज विहानैदेखि खोईच भराई कार्यक्रम भएको हो । 

धनुषाकै कमला नगरपालिकास्थि रहेको लगमा दुर्गा मन्दिरमा बुधबार रातीदेखि अर्थात विहिबार बिहानदेखि खोईच भराई कार्यक्रम हुनेछ । बिजुलियास्थित समेत भोली मात्र खोईच भराई कार्यक्रम हुने जनाइएको छ । 

राजदेवीमा आजै बोकाबली

यता, जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा आज बुधबार साँझदेखि बोकाबली कार्यक्रम प्रारम्भ हुनेछ । प्रत्येक वर्ष अष्टमी तिथिको दिन बोका बली हुँदै आएको राजदेवीमा साँझ ७ः३० बजेदेखि नै बोकाबली प्रारम्भ हुने आयोजक महावीर युवा कमिटिका अध्यक्ष बलराम साहले जानकारी दिए । 

साहका अनुसार, अहिलेसम्म करिब ८ हजार बोकाबलीको रसिद काटिएको र बली प्रदानको बेला लाईनमै काटिने भएकोले १० हजार बढी बोकाबलीको अनुमान गरिएको हो । 

बोकाबलीको विभिन्न धार्मिक सँघ सँगठनहरुले विभिन्न समयमा विरोध गर्दै आएपनि यसपाली कुनै पनि सँघ सँगठनहरुले विरोध जनाएका छैनन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

आज राती १२ बजेदेखि तिन दिनको लागि नेपाल भारत बोर्डर सील

  • २०७८ असोज २७ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  आगामी  १५ वैशाखमा हुने उपनिर्वाचनलाई लक्षित गरेर नेपाल सरकारले आज (बुधबार) राति १२ बजेदेखि ७२ घण्टाका लागि नेपाल भारत सीमा क्षेत्रमा पर्ने इलाम जिल्लाको सबै सीमा

पूरा पढ्नुहोस्

Bureau Menus