जनकपुरः आफ्नै दुई छोरालाई मारेर आमा झुण्डिइन !
मृतक तीनै जनाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको डिएसपी बस्नेतले बताउनुभयो । घटनाबारे अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

२०७८ असोज २३ शनिबार, राति ८:३८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । ५ वर्षीय छोरा अभिषेक साह र ३ वर्षीय छोरा आदित्य साहलाई नगराइन नगरपालिका–७ फुलगामा बस्ने २४ वर्षीया आमा गुडिया साहले असोज २२ गते साँझ घाँटी थिचेर हत्या गरेको छ ।
३० वर्षीय पति गुरुदेव साह काम विशेषले जनकपुर आएका वेलामा दुबै छोराको हत्यापछि घरकै सिलिङ फ्यानमा पासो लगाएर गुडियाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्र बस्नेतले बताए ।
मृतकका गुडिया र गुरुदेवविच १० वर्ष पहिले प्रेम विवाह भएको थियो । प्रेम विवाहपछि गुडियाको माइती पक्षले भागि विवाह गरेको भन्दै अस्विकार गरेका थिए ।
मृतक तीनै जनाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको डिएसपी बस्नेतले बताउनुभयो । घटनाबारे अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…