दाहसँस्कार गर्न लागिएको युवतिको लास प्रहरीले खोस्यो, मियाँको घर सदस्य सहित ९ पक्राउ
भारतको बेतिया लगेर दादको उपचार गराउँदा चलाएको औषधि खाएपछि जिउ सुन्निएको र रक्तस्राव भएको उनीहरूको तर्क छ ।

२०७८ असोज २२ शुक्रबार, बिहान ८:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । वीरगञ्जमा दाहसंस्कार गर्न लागिएको शव प्रहरीले नियन्त्रणमा लिएको छ । भारत घर भएकी अन्दाजी १९ वर्षीया जयुनत खातुनको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।
शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको छ । घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धानका लागि ९ जनालाई नियन्त्रणमा लिएको छ ।
जस मध्य १ जना नेपाली र ८ जना भारतिय रहेको पर्सा प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेकोले उनीहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
श्रोतका अनुसार जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँको परिवारका एक सदस्य पनि प्रहरी नियन्त्रणमा छन् ।
जबर्जस्ती करणीपछि अत्यधिक रक्तस्राव भएको र उपचारका क्रममा मृत्यु भएकोले घटना लुकाउन हतारमा शव गाड्न खोजेको भन्ने सूचनाको आधारमा शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।
‘शंकास्पद हर्कत भइरहेको सूचना पायौं । शव गाड्न लागेको बेलामा गएर ल्याएका छौं’ उनले भने ‘शव पोष्टमार्टमका लागि पठाएका छौं । थप अनुसन्धान भइरहेको छ । ’परिवारका सदस्यले भने युवतीको शरीरमा देखिएको दादको उपचार गर्ने क्रममा दिइएको औषधिका कारण समस्या भएको बताएका छन् ।
भारतको बेतिया लगेर दादको उपचार गराउँदा चलाएको औषधि खाएपछि जिउ सुन्निएको र रक्तस्राव भएको उनीहरूको तर्क छ ।
यात्राडेलीमा समाचार छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…