ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यू
ट्रयाक्टर चालकले ठककर दिएर भाग्न खोज्दा प्रत्यक्षदर्शी हरुले पक्रेर प्रहरीको जिम्मा लगाएको छ ।

२०७८ असोज २१ बिहीबार, बेलुकी ६:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । प्रदेश नम्बर २ को सर्लाही जिल्लास्थित ट्रयाक्टरले ठक्कर दिँदा एक पुरुषको घटनास्थलमै मृत्यू भएको छ ।
विहिबार साँझ सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर ९ स्थित ट्रयाक्टरको ठकरबाट एक जनाको घटना स्थलमै मृत्यू भएको हो ।
सर्लाही हरिपूर्वा नगरपालिका वडा ५ बस्ने अन्दाजी ४७ बर्षको पुकार महतो इश्वरपुरको जगंलबाट सुकेको दाउरा साइकलमा राखेर हरिपूर्वा तर्फ आउदै गरको अबस्थामा सोही दिशाबाट ज १ त ९२७९ नम्बरको ट्रयाक्टरले पछाडीबाट ठक्कर दिदा महतो को घटना स्थलमै मृत्यू भएको हरिपूर्वा प्रहरी चौकि इन्चार्जले बताएको छ ।
ट्रयाक्टर चालकले ठककर दिएर भाग्न खोज्दा प्रत्यक्षदर्शी हरुले पक्रेर प्रहरीको जिम्मा लगाएको छ ।
ट्रयाक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको र मृतक महतोलाई पोष्ट मार्डमको लागी जिल्ला अस्पताल मलंगवा पठाइएको छ । घटना स्थलमा व्यापक प्रहरीको उपस्थिती रहेपनि अबस्था समान्य रहेको प्रहरी हवल्दार मिकरानीले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…