अख्तियारकै अगाडी गर्जे जनमत पार्टीका उपाध्यक्ष बसन्त कुशवाहा-'साईकल चोरलाई बक्सिने छैनौ'
मुख्यमन्त्री लालबाबु राउतसहित सबै भ्रष्टाचारीमाथि कारबाही गर्न अख्तियार बर्दिबास प्रमुखलाई ज्ञापनपत्रसमेत बुझाएको छ ।

२०७८ असोज २० बुधबार, राति ९:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष ईन्जिनीयर बसन्त कुमार कुशवाहा बुधबार भ्रष्टाचारी विरुद्ध अख्यिारकै अगाडी गर्जेका हुन् ।
बुधबार ई. कुशवाहाकै नेतृत्वमा प्रदेश नम्बर २ को अख्तियारको शाखा बर्दिवास स्थित रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय घेराउ गर्दै उनले साईकल चोरलाई कुनै पनि हालातमा नबक्सिने बताए ।
जनकपुरबाट जनमत पार्टीका नेता कार्यकर्तालाई नेतृत्व गर्दै नारा जुलुश सहित महोत्तरीको बर्दिबास पुगेर अख्तियारको कार्यालय घेराउ गरेका हुन् । भ्रष्टाचारसम्बन्धी फाइलहरु नियन्त्रणमा लिए पनि माथिको राजनीतिक दबाब भएको भन्दै मुद्दा दर्ता नगरेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको ई. कुशवाहाले बताए।
सो क्रममा अख्तियार कार्यालय घेराउको क्रममा जनमत पार्टीका कार्यर्ताहरुले ‘भ्रष्ट मुख्यमन्त्री लालबाबु राउतलाई छाड्नु हुँदैन, भ्रष्टाचारीमाथि मुद्दा दर्ता गर, मधेसी जनता के भन्छ( भ्रष्टाचारीलाई जेल दे भन्छ’ जस्ता नारा लगाएका छन् ।
मुख्यमन्त्री लालबाबु राउतसहित सबै भ्रष्टाचारीमाथि कारबाही गर्न अख्तियार बर्दिबास प्रमुखलाई ज्ञापनपत्रसमेत बुझाएको छ । जनमत पार्टीले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्दै मुख्यमन्त्री राउतको राजीनामा माग गरेको थियो ।
‘बेटी बचाउ, बेटी पढाउ’ अभियानअन्तर्गत भएको साइकल खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेपछि मुख्यमन्त्री राउतलाई राजीनामा दिन चौतर्फी दबाब परेको छ ।
अख्तियारको कार्यालय घेराउको लागि जनमत पार्टीका नेता ईन्द्रजीत यादव, महासचिव, सचिव, उपाध्यक्ष सहित अन्य पदाधिकारीहरुसहित सयौँको सँख्यामा कार्यकर्ताहरुले चर्को नारावाजी गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…