जसपा र मुख्यमन्त्रीमाथि जनमत पार्टीको ईन्काउण्टर
प्रदर्शनकारी भित्रै जान खोजेपनि प्रहरीले जान नदिँदा उनीहरु कार्यालयको गेट अगाडि करिब आधा घण्टासम्म नाराबाजी गरेका थिए ।

२०७८ असोज १८ सोमबार, बेलुकी ७:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश २ सरकारले भ्रष्टाचार गरिरहेको भन्दै प्रदर्शन गरेको छ ।
प्रदेशमा व्याप्क अनियमितता गरेको भन्दै जनमत पार्टीका नेता÷कार्यकर्ताले सोमबार जनकपुरधाममा प्रदर्शन गरेका छन् । नगरको बिभिन्न ठाउँमा मोटरसाइकल जुलुस प्रदर्शन गरेका उनीहरुले मुख्यमन्त्री कार्यालयको गेट अगाडि नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।
प्रदर्शनका क्रममा उनीहरुले भ्रष्टाचारी पार्टी मधेश छोड्, भ्रष्टाचारी होशियार, भ्रष्टाचारीलाई कारबाही गर, भ्रष्ट सरकार राजीनामा दे, मधेशी जनता के भन्छ रु भ्रष्टचारीलाई जेल दे भन्छ, भ्रष्टाचारी मुख्यमन्त्री राजिनामा दे’ जस्ता नारा लगाएका छन् ।
प्रदर्शनकारी भित्रै जान खोजेपनि प्रहरीले जान नदिँदा उनीहरु कार्यालयको गेट अगाडि करिब आधा घण्टासम्म नाराबाजी गरेका थिए ।

प्रदेश सरकारले गरेको अनियमितताकै कारण अख्तियारले छापामारी गरेको भन्दै जनमतका नेताहरुले भ्रष्टाचारीलाई कार्वाही गर्नुपर्नेमा जोड् दिएका छन् ।
उपमहानगरपालिका र खानेपानी कार्यालयमा तालाबन्दी
जनमतका कार्यकर्ताहरुले जनकपुरधाम उप महानगरपालिका र खानेपानी कार्यालयमा तालाबन्दी पनि गरेका छन् ।
बाटो बनाउने नाममा खाल्डो खनेर छोडिदिएका कारण नगरको बिभिन्न ठाउँमा पैदल हिंडन समस्या भएपनि उपमहानगरपालिकाले ध्यान नदिएको उनीहरुको भनाई छ ।
जनमत कार्यकर्ताहरुले उपमहानगरपालिकाका मेयर लालकिशोर साह र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका छन् ।
यस्तै, जथाावी रोड खनेर त्यसै राखिदिएको भन्दै रामानन्द चोकस्थित नेपाल खानेपानी संस्थानको कार्यालयमा पनि उनीहरुले ताला लगाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…