सिरहा लहानका मेयर 'मुन्नी' ले सर्वसाधारण उपर लाठी बर्षाए
बाहिरको गुण्डाहरु परिचालन गरी व्यवसायीहरुको पसल तोडफोड र कुटपिट गरेको आरोप

२०७८ असोज १६ शनिबार, बिहान ९:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहाजिल्लास्थित रहेको लहान नगरपालिकाका मेयर मुन्नी साहले आम सर्वसाधारण उपर लाठी बर्षाएका छन् ।
लहान नगरपालिका वडा नम्बर ५ स्थित रहेको नयाँ बजारको गिलेशन भवनको नयाँ निर्माण सम्बन्धमा भएको विवादको क्रममा मेयर साहले सर्वसाधारणहरु उपर लाठी बर्षाउन लगाएको आरोप लगाइएको छ ।
मेयर मुन्नीले स्थानीय प्रहरी प्रशासन, नगरपालिका, व्यवसायी र चार दलिय गठबन्धनबीच भएको सहमति विपरीत असोज १२ गते नगरपालिकाले नगर प्रहरी, कर्मचारी र मेयर मुनि साहको स्वयं उपस्थिति र निर्देशनमा कुटपिट सहित लुटपाट तथा जनधनको क्षति गरेको आरोप लगाइएको छ ।
मेयर साहले कार्यकर्ता तथा नगर बाहिरको गुण्डाहरु परिचालन गरी व्यवसायीहरुको पसल तोडफोड र कुटपिट गरेको आरोप समेत लगाइएको छ ।
सो घटनाप्रति नेपाली काँग्रेसले सहमति अनुसार पहिले अस्थायी संरचना बनाउने र पछि व्यवसायीहरुको पसल सारेर पुरानो संरचना भत्काउने निर्णय भएको बताउँदै मेयर साहले अस्थायी संरचना निर्माण कार्य शिल्यानाश गर्ने नाममा लठैत जम्मा पारी व्यवसायीलाई सुनियोजित रुपमा जर्बजस्ती पसल खाली गराउने निहुँमा कुटपिट गराएको आरोप लगाएको हो।
“यस्तो घटना गराएर मेयर साहले अपराधिकरणलाई बढावा दिएको पुष्टि भएको हाम्रो ठहर छ ।”– नेपाली काँग्रेसले जारी गरेको विज्ञिप्तमा उल्लेख छ ।
सो घटनाको क्रममा केही सर्वसाधारण र केही स्थानीय व्यापारीहरु समेत घाईते भएको भन्दै उनीहरुको उपचारको लागि समेत नगरपालिकाले जिम्मेवारी लिनुपर्ने बताएका छन् ।
घटनाको क्रममा क्षति भएको व्यपारीहरुको क्षतिपूर्ति दिनुपर्ने माग गर्दै दोषीलाई कारवाहीको दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग समेत नेपाली काँग्रेसले गरेको हो ।
यता, मेयर मुन्नी साहले आफू यस्तो केही पनि नगरेको दाबी गरेका छन् । उनले सम्झौता अनुसार स्थानीय व्यापारीहरुले बजार खाली नगरेपछि नगर प्रहरीले बल प्रयोग गरेको स्वीकार गर्दै हानी नोक्सानी केही नगरेको दाबी गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…