मुख्यमन्त्री कार्यालयमा छापा हानेको भन्दै जसपाले ८ वटै जिल्लामा विरोध गर्ने
विरोध प्रदर्शनमा केन्द्रीयदेखि स्थानीय तहसम्मका नेता तथा कार्यकर्तालाई सहभागी हुन अनुरोध गरिएको छ ।

२०७८ असोज १५ शुक्रबार, राति ८:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा गरेको छापा हानेको विरुद्ध जनता समाजवादी पार्टी (जसपा) ले प्रदर्शन गर्ने भएको छ ।
शुक्रबार साँझ पार्टीको प्रदेश समितिले प्रेस विज्ञप्तिमार्फत अख्तियारको छापामारीविरुद्ध प्रदर्शन गर्ने जनाएको हो ।
जसअनुसार जसपाले भोलि प्रदेशका आठै जिल्लाका सदरमुकाममा मशाल जुलुस र १७ गते सिउँसो बृहत विरोध प्रर्दशन गर्ने भएको छ । विरोध प्रदर्शनमा केन्द्रीयदेखि स्थानीय तहसम्मका नेता तथा कार्यकर्तालाई सहभागी हुन अनुरोध गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयले मुख्यमन्त्री कार्यालयमा बुधबार छापा मारेको थियो । ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत साइकल वितरण कार्यक्रममा अनियमितता भएको उजुरीको अधारमा अख्तियारले छापा मारेको थियो ।
जसलाई लिएर मुख्यमन्त्री लालबाबु राउतले आपत्ति जनाएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…