प्रदेश २ः चुनाव सम्पन्नको ४ बर्षपछि फेरी मतगणना गर्न अदालतको आदेश
सर्वोच्चले मुद्दाको सुनुवाइ गर्दै ०७७ चैत ६ गते उच्च अदालत जनकपुरको आदेशलाई सदर गरिदियो ।

२०७८ असोज १२ मंगलबार, बिहान ८:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को एक स्थानीय तहको चुनाव सम्पन्न भएको ४ बर्षपछि पुनः मतगणनाको आदेश दिएको हो ।
जिल्लाको मनरा सिस्वा नगरपालिका वडा नम्बर–१० मा वडाध्यक्ष पदका लागि पुनः मतगणना गर्ने उच्च अदालत जनकपुरका न्यायाधीशद्वय हरिप्रसाद बाग्ले र रामेश्वर रेग्मीको संयुक्त इजलासले दिएको आदेशलाई सर्वोच्चले ४ वर्षपश्चात् सदर गरेको हो ।
अदालतको ०७५ असार २१ गतेको आदेशानुसार विवादित विषयको दोर्होयाएर मतगणना गर्न आगामी ०७८ कात्तिक ७ गते बिहान ११ बजेदेखिको समय निर्धारण गरिएको छ ।
०७४ असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा मनरा सिस्वा नगरपालिकामा ८ गते नतिजा प्रकाशित गरियो । राजपाले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका रमेश कुमार राय र नेपाली कांग्रेसका अरुणकुमार चौधरीले २६७–२६७ मत ल्याए । दुवैजनाको बराबर मत भएपछि गोलाप्रथाबाट अरुण चौधरी निर्वाचित भए ।
निर्वाचन अधिकृत आमबहादुर बानियाँले बदर मतमध्येबाट ३ मत चौधरीको पक्षमा पारेको भन्दै रमेश रायले अदालतमा मुद्दा दिएका थिए । सोही मुद्दामा उच्च अदालतले ०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दियो ।
उच्च अदालतको यस्तो आदेशपछि चौधरी सर्वोच्चसम्म पुगेका थिए । सर्वोच्चले मुद्दाको सुनुवाइ गर्दै ०७७ चैत ६ गते उच्च अदालत जनकपुरको आदेशलाई सदर गरिदियो ।
त्यसपछि पुनः मतगणनाको मिति निर्धारण गर्नुपर्नेमा कोरोना महामारीका कारण लकडाउन भएपछि मिति तोक्न सकिएको थिएन । अन्ततः दोर्होयाएर मतगणना गर्न आगामी ०७८ कात्तिक ७ गते बिहान ११ बजेदेखिको समय निर्धारण गरिएको छ ।
मनरा सिस्वा नगरपालिका–१० को वडाध्यक्ष पदमा ९ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…