प्रहरी कार्यालय अगाडीबाटै पल्सर मोटरसाईकल चोरी
यता, गाडी धनी महतोले गाडी खोजतलास गरिदिन इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी समेत दिएका छन् । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरकै अगाडीबाट केही दिन अघि एक जेसिबी समेत चोरी भएको थियो ।
२०७८ असोज ११ सोमबार, बिहान १०:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको महेन्द्रनगरस्थितबाट दिनदहाडै एक मोटरसाईकल चोरी भएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्रनगर बजारस्थित रहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको अगाडीबाटै दिनदहाडै मोटरसाईकल चोरी भएको हो ।
आईतबार दिउँसो करिब १२ देखि १ बजेको बीचमा ईलाका प्रहरी कार्यलय महेन्द्रनगरको २०० मिटर दुरिमा पार्किँग गरी राखिएको मोटरसाईकल चोरी भएको छ ।
स्थानीय अरुण कुमार महतोको आफनै घर नजिक राखिएका प्रदेश २–०२००२ प ४२०८ पल्सर १५० सिसि गाडी चोरी भएको गाडीधनी महतोले बताए ।
यता, गाडी धनी महतोले गाडी खोजतलास गरिदिन इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी समेत दिएका छन् । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरकै अगाडीबाट केही दिन अघि एक जेसिबी समेत चोरी भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
गुलाब मण्डल
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…