अब डिजे बजाउने मुस्लिमको घरमा नमाजे जनाजा नपढाउने सपथ
ईस्लाम धर्म र कानुन विपरित यस्तो कार्य गर्ने मुस्लिमको घरमा हुने वैवाहिक निकाह, मिलाद, कुरानखानी र नमाजे जनाजा समेत नपढाउने सपथ

२०७८ असोज ११ सोमबार, बिहान ९:०१ बजे२ मिनेट पढाइ

हुसेन अन्सारी, कपिलवस्तु । नवलपरासीका मुस्लिम ओल्माहरु (धर्मावलम्बी) ईस्लामि कानुन विपरित कार्यगर्ने मुस्लिम व्यक्तिको घरमा वैवाहिक निकाह र नमाजे जनाजा नपढाउने निर्णय गरेका छन् ।
ओल्माहरु जहेजको विरुद्धमा अभियान संचालन गर्दै यस्तो निर्णय लिएका हुन् । राष्ट्रिय ओल्मा काउन्सिल नेपाल नवलपरासीले आयोजना गरेको सम्मान तथा सपथ कार्यक्रममा ईस्लामि कानुन विरुद्ध कार्य गर्ने मुस्लिम व्यक्तिको कुनै पनि ईस्लामि धार्मिक कार्यक्रममा ओल्माहरु शरिक नहुने सपथ खाएका हुन् ।
राष्ट्रिय ओल्मा काउन्सिल नेपाल नवलपरासीका अध्यक्ष अमानुल्लाह तन्वीरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय ओल्मा काउन्सि नेपालका केन्द्रिय अध्यक्ष हाजी मौलाना सैयद गुलाम हुसैन मिँयाले यस्तो सपथ खुवाएका हुन् । सम्मान तथा सपथ कार्यक्रममा जिल्लाबाट १०० बढि मौलानाहरु (धर्मावलम्बीहरु) जुटेका थिए ।
कार्यक्रममा, कुनैपनि मुस्लिम व्यक्तिले विवाहमा केटि पक्षलाई सताएर जहेज लिने, विवाहमा आरकेस्टा, नाचगान र डिजे बजाउने, सुन्नी बाहेकका मजहबमा आफना केटाकेटीको विवाह गर्ने, भागेका केटाकेटीको विवाह गराउने, जाँडरक्सी जस्ता हराम पेय पदार्थ पिउनेको घरमा कुनैपनि धार्मिक कार्यक्रममा मौलानाहरु (धर्मालम्बीहरु) शरिक नहुने सपथ खाएको काउन्सिलका सदस्य मौलाना मोहरम अलि मंसुरीले जानकारी दिए ।
ईस्लाम धर्म र कानुन विपरित यस्तो कार्य गर्ने मुस्लिमको घरमा हुने वैवाहिक निकाह, मिलाद, कुरानखानी र नमाजे जनाजा समेत नपढाउने सपथ खाएका हुन् ।
काउन्सिल नवलपरासीको कार्यसमितिले यस्तो अहम ठुलो निर्णय लिई जिल्लाका सबै मौलानाहरुलाई सपथ खुवाउदै समुदायको सुधारमा व्यापक ध्यान पु¥याउन आग्रह गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि काउन्सिलका केन्द्रिय अध्यक्ष मौलाना हाजी सैयद गुलाम हुसैन मिँयाले मुस्लिम समुदायलाई नेपाली कानुनको पाल्ना संगै ईस्लामी कानुनको पनि पाल्ना गर्न आग्रह गरे ।
उनले ईस्लामि कानुन विपरित गल्त कार्य गर्ने मुस्लिम व्यक्तिहरुलाई सुधार्नका लागि काउन्सिलले यस्तो कठोर कदम चालेको बताउदै मुस्लिम समुदायलाई सुन्नत तरिकाबाट आफनो जिवन निर्वाह गर्न आग्रह गरे।
अध्यक्ष मिँयाले समाजमा बढदो जहेजले समाजमा ठुलो विकृति फैलाई रहेको र यो मुस्लिम समुदायमा पनि हावी हुदै गएकाले यसको चर्को विरोध गर्दै समुदायमा जहेजमुक्त अभियान समेत संचालन भैरहेको जानकारी दिए ।
कार्यक्रममा मुस्लिम समुदायको हकहितमा काम गरेका मुस्लिम समाजसेवी अमिरुललाह मिँया, पुर्वजिल्ला शिक्षा अधिकारी अब्दुल रउफ खानलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा मुस्लिम समाजसेवी हैदर अलिमोमिन, मौलाना उमर निजामी, मौलाना सिद्दिक मिस्बाही, मौलाना मोहरम अलि निजामी, मौलाना सेराज अलि अंसारी, मौलाना ताजुद्दिन अंसारी लगायत सयबढि मौलानाहरुका उपस्थिती रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…