जनकपुरमा झुण्डिएको अवस्थामा शव फेला
न्यूज ब्यूरो || जनकपुरधाम, ४ चैत्त । झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । जनकपुर उपमहानगरपालिका वडा नंं ९ पिडारीचोक स्थित पुरानो बाणिज्य बैँकको कार्यालय नजिकै एक महिला आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । स्थानीय विक्की थापाको घरमा भाडामा बस्दै आएकी सिन्धुली गोलञ्जोर गाउँप

२०७४ चैत ४ आइतबार, दिउँसो १२:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, ४ चैत्त । झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
जनकपुर उपमहानगरपालिका वडा नंं ९ पिडारीचोक स्थित पुरानो बाणिज्य बैँकको कार्यालय नजिकै एक महिला आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
स्थानीय विक्की थापाको घरमा भाडामा बस्दै आएकी सिन्धुली गोलञ्जोर गाउँपालिका बस्ने आनन्द बरालकी श्रीमति अन्दाजी बर्ष ३७ की सरमिष्ता बराल आफ्नै कोठाको पँखाको सिँलिँगमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यस घटनाबारे अनुसन्धान कार्य सुरु गरिएको तथा शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
विगत केही महिनायता देखि यस्ता प्रकृतिका घटनाहरु धनुषामा बढ्दै गएको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…