जनकपुर–जयनगर रेल्वे यथाशिघ्र चलाउनु : नीधि
भेटमा प्रधानमन्त्री देउवाले तत्काल रेल्वे सञ्चालनका लागि सम्बन्धित निकायलाई तयारी अघि बढाउन आवश्यक निर्देशन दिने बताएको थियो ।

२०७८ असोज ८ शुक्रबार, राति ९:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टी उपसभापति विमलेन्द्र निधिले जनकपुर–जयनगर रेल्वे तत्काल सञ्चालनका लागि सरोकारवाला निकायलाई निर्देशन दिन गरेका छन् ।
उपसभापति निधिले प्रधानमन्त्री देउवालाई आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर रेल्वे उद्घाटन र सञ्चालनका लागि ध्यानाकर्षण गराएको हो ।
प्रधानमन्त्री देउवासँग उनले नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीद्वारा संयुक्त रुपमा रेल्वे उद्घाटनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागलाई निर्देशन दिन अनुरोध गर्नुभएको उपसभापति निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।
भेटमा प्रधानमन्त्री देउवाले तत्काल रेल्वे सञ्चालनका लागि सम्बन्धित निकायलाई तयारी अघि बढाउन आवश्यक निर्देशन दिने बताएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…