कमला नगरपालिका २ मा विभिन्न पार्टी परित्याग गरी करिब ३ दर्जन व्यक्ति जसपामा प्रवेश
यस्तै, वडा नम्बर २ कै बिजुलिया टोलका दर्जन बढी व्यक्तिहरु अन्य पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका छन् । निर्वाचन क्षेत्र नम्बर २ (क) का प्रदेश साँसद शैलेन्द्र यादव र जसपाका जिल्ला सभापति पशुपति यादवको विशेष उपस्थितिमा तीन दर्जन बढी व्यक्तिहरुलाई जसपामा प्रवेश गराएको हो ।

२०७८ असोज ७ बिहीबार, बिहान ८:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिका वडा नम्बर २ स्थित एक कार्यक्रमबीच तीन दर्जन बढी व्यक्तिहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
जनता समाजवादी पार्टी वडास्तरीय विस्तारित बैठकको क्रममा वडा नम्बर २ को विभिन्न टोलबाट दर्जनौ व्यक्तिहरु जसपामा प्रवेश गरेका छन् । अन्य विभिन्न पार्टी परित्याग गरी जसपमा प्रवेश गरेका हुन् ।
धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश साँसद राम अशिष यादवको प्रमुख आतिथ्यमा राखिएको विस्तारित बैठकबाट नेपाली काँग्रेस परित्याग गरी जीतनारायण यादव, राम दयाल यादव र रामखुसी यादव जसपमा प्रवेश गरेका छन् ।
यस्तै, वडा नम्बर २ कै बिजुलिया टोलका दर्जन बढी व्यक्तिहरु अन्य पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका छन् । निर्वाचन क्षेत्र नम्बर २ (क) का प्रदेश साँसद शैलेन्द्र यादव र जसपाका जिल्ला सभापति पशुपति यादवको विशेष उपस्थितिमा तीन दर्जन बढी व्यक्तिहरुलाई जसपामा प्रवेश गराएको हो ।
वडा नम्बर २ का वडाध्यक्ष धनेश्वर यादवको अध्यक्षता तथा प्रदेश साँसद राम अशिष यादवको प्रमुख आतिथ्यमा बसेको विस्तारित बैठकबाट नव प्रवेशीहरुलाई गम्छा ओढाउँदै पार्टी प्रवेश गराएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…